२०८१ भाद्र २३
                           

एम्बुलेन्स पल्टिएर किच्दा एक जनाको ज्यान गयो

जेठ १२, सिन्धुपाल्चोकमा एम्बुलेन्स पल्टिएर किच्दा एक जनाको ज्यान गएको छ । सडक छेउमा रहेको घरमा रहेकी सुनकोसी वडा नम्बर ७ कि ८९ बर्षीय मनमाया खड्काको एम्बुलेन्स पल्टेर किच्दा ज्यान गएको हो।
बा २० च ६३२७ नम्बरको एम्बुलेन्स लामोसाँघु जिरी सडक खण्डको सिन्धुपाल्चोकको २ किलो नजिकै दुर्घटना भएको हो ।
खाडीचौर बचत तथा ऋण सहकारी संस्थाले सञ्चालनमा ल्याएको एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अनियन्त्रित भै दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्