२०८१ भाद्र २३
                           

सावधानी अपनाउँदै मेलम्ची खोलाको मुहानबाट काठमाडौँ लगिएको पानी बन्द गरियो

जेठ १८,  वर्षाद्का कारण सुरुङ्ममा क्षति नहोस् भनी सावधानी अपनाउँदै मेलम्ची खोलाको मुहानबाट काठमाडौँ ल्याइएको पानी बन्द गरिएको छ । निरन्तर वर्षा हुने र बाढी आउने क्रम बढ्न थालेपछि वैकल्पिक प्रणालीबाट ल्याइएको मेलम्चीको पानी बन्द गरिएको हो। मंगलबार देखि बन्द गरिएको पानी सुक्खा मौसम लागेपछि फेरि वैकल्पिक प्रणालीबाट राजधानी लगिने छ ।
गतवर्ष असार १ गते मेलम्ची खोलामा सुक्खा पहिरो आउँदा आयोजनाको पूर्वाधारमा क्षति पुगेको थियो । गत वर्ष बाढी आउनुअघि नै सुरुङमा पानी बन्द गरिएकाले सुरुङभित्र भने क्षति पुग्न पाएको थिएन । यसवर्ष असार अगावै दैनिक पानी पर्ने र बाढी आउन थालेपछि आयोजनाले सावधानी अपनाउँदै मुहानमै पानी बन्द गरेको हो । मेलम्ची सुरुङमा थप वहिरो जानसक्ने अवस्थामा संरचना छन् ।

प्रतिक्रिया दिनुहोस्