२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकको २१ सरकारी कार्यालयमा छड्के, ११ कर्मचारी अनुपस्थिति

जेठ १८,  जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सदरमुकाम चौतारामा रहेका सरकारी कार्यालयको अनुगमन गरेको छ ।
प्रशासन कार्यालयले आज विभिन्न २१ वटा सरकारी कार्यालयमा अनुगमन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको नेतृत्वमा भएको अनुगमनमा ६ वटा कार्यालयका ११ जना कर्मचारी अनुपस्थिति रहेको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनु भयो ।
उहाँका अनुसार जिल्ला मालपोत कार्यालयमा २ जना, विद्युत प्राधिकरण शाखा कार्यालयमा ३ जना, शिक्षा समन्वय इकाईमा १ जना, पूर्वाधार विकास कार्यालयमा २ जना, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनामा १ जना र स्वास्थ्य कार्यालयमाा १ जना गरि जम्मा ११ जना कर्मचारी अनुगमनको समयमा अनुपस्थिति रहेका थिए ।
विहान ९ देखि ११ बजेसम्म गरिएको अनुगमनमा अधिकाँश कर्मचारीले कार्यालय पोषाक पनि नलगाएको देखिएको उहाँले जानकारी दिनुभयो ।
कर्मचारीलाई अनुशासित र मर्यादित बनाउँदै सुशासन सेवा प्रवाह गर्ने उदेश्यले सुरु गरेको अनुगमनको क्रममा अनुपस्थित रहेका कर्मचारीको बारेमा तत्काललाई सम्वन्धित कार्यालयलाई स्पष्टिकरण सोधिने र दोस्रो चरणमा पनि उही कर्मचारी अनुपस्थित रहेमा सम्वन्धित कर्मचारीलाई नै स्पष्टिकरण सोधेर कारबाहीको प्रकृया अगाडि बढाइने सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्