२०८१ मंसिर ६
                           

सिन्धुपाल्चोकमै उत्पादन सुरु भयो भैरवकुण्ड स्प्रिङ्ग वाटर

सुकुटे ,जेठ १९ — मुहानमै पानी प्रशोधन गरेर वजारमा लैजाने उद्धेश्यले स्थापना भएको भैरवकुण्ड स्प्रिङ्ग वाटर उत्पादन सुरु भएको छ । सिन्धुपाल्चोकको सुकुटे नजिकै स्थापना गरिएको यो कम्पनीले प्राकृतिक खनिजयुक्त पानी वजारमा ल्याउन थालेको हो । प्रशोधित मुलको पानीलाई मेशिनमार्फत भाँडोमा संकलन गरेर वजारमा लैजाने कम्पनीका सञ्चालक बिवश भण्डारीले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको शुद्ध पानी आसपासका वजार र बनेपा,धुलिखेलका साथै काठमाण्डौंका उपभोक्तालाई खुवाउने उदेश्यले साँगाचोकगढी नगरपालिकाको अरनिको सडक नजिक यो पानी उद्योग स्थापना गरिएको छ । स्थानीय स्रोत साधनको सक्दो प्रयोग गरेर स्थानीय जनशक्तिकै प्रयोगमा पानी प्रशोधन गरेर वजारमा ल्याईएको भण्डारीले बताउनुभयो ।

टाढादेखि बोतलमा धेरै दिनको पानी खान बाध्य रहेका उपभोक्तालाई यो उद्योगले ताजा पानी खुवाउने छ । मुहानमै स्थापना भएको उद्योग भएका कारण अरु पानी भन्दा यहाँ वाट उत्पादित पानी स्वास्थ्यका लागि उपयुक्त हुने मापदण्डमा पर्दछ । सिन्धुपाल्चोककै युवा ब्यवसायीको अगुवाईमा स्थापना भएको यो पानी उद्योगले स्थानीय स्रोत र स्थानीय जनशक्तिलाई प्राथमिकता दिएको सञ्चालक भण्डारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्