२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकमा जोखिमपूर्ण बस्तीहरुमा पूर्वतयारीको काम शुन्य

दिपक खत्री, जेठ १९ —  भारतको केरलामा मनसुन सुरू भएको सातादेखि १० दिनभित्र नेपालमा पनि मनसुन सुरु हुने मौसमविद् बताउँछन्। ‘केरलामा मनसुन सुरू भइसकेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण’ ले यस वर्ष मनसुन अवधिमा गत वर्षभन्दा जोखिम धेरै रहेको बताएको छ । तर प्राकृतिक विपदको चपेटामा परिरहने सिन्धुपाल्चोकमा विपद पुर्वको तयारीमा सरकार जिम्मेवार देखिदैन । चुनाव जितेका जनप्रतिनिधि फुल माला र अविर लगायर बधाई थाप्न अहिलेसम्म ब्यस्त छन् । तर बाढी र पहिरोको सबैभन्दा बढि जोखिम रहेको जिल्लामा नागरीकलाई बचाउने कुरामा काम गर्न सकिरहेका छैनन् । बर्षेनी हुने मानवीय क्षति देखेर पनि सरकार विपदपुर्वको तयारी गर्ने तथा जोखिममा रहेको बस्ती हस्तान्तरण गर्ने काममा भने सक्रिय भएको छैन । मनसुन सुरु हुन १ साता बाकी छ । अघिल्ला वर्ष पहिरोबाट बल्ल तल्ला ज्यान जोगाएका स्थानीयलाई फेरी डरै,डरमा फेरि उही ठाउँमा बस्नुपरेको अवस्था छ ।

जोखिममा रहेका बस्तीका परिवार बर्खा लाग्नु अगावै सुरक्षित ठाउँमा जान चाहन्थे । तर बस्ती स्थानान्तरणको काममा ढिलासुस्ती हुदा यो वर्खामा फेरी मानवीय क्षति हुने खतरा छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भुगर्वविद् सहित सिन्धुपाल्चोकका २ सय ५० बस्तीको अध्यन गरेको छ । बस्तीहरुलाई क्याटवरी १ ,२ र ३ गरी ३ चरणमा विभाजन गरी राखिएको छ तर जोखिमको आधारमा बस्ती जोगाउने काम हुन सकेको छैन । जिल्ला विपद ब्यवस्थापन समतिले १२ वटै पालिकाहरुलाई मनसुनको तयारी गर्न निर्देशनदिदै पत्र काटेको थियो । २०७८ चैत्र २ गते पठाएको पत्रमा पालिकाको सा्रेत साधन, सुरक्षित स्थान पहिचान, अस्थाई आवास ,सामुदायिक भवन ,विपद कोषमा रकमको अवस्था तथा जोखिम युत्त क्षेत्रमा बसोबास गरिरहेका हरुको विवरण मागिएको छ । तर ३ महिना वित्न लाग्दापनि अहिले सम्म कुनै पनि पालिकाले विपद ब्यवस्थापन समतिलाई विवरण दिएका छैनन् । यसले पनि विपदबाट नागरिकलाई जोगाउने विषयमा ध्यान केन्द्रित हुन नसकेको प्रष्ट हुन्छ । एकपछि अर्का लगातार प्राकृतिक विपत्ति भोग्दै आएको सिन्धुपाल्चोकलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको भएपनि त्यो अनुसारको काम गर्न सकेको छैन ।

जिल्लाको बाह्रविसे र मेलम्ची नगरपालिका , भोटेकोशी , जुगल , पाँचपोखरी थाङपाल र हेलम्बु गाँउपालिका पहिरो र बाढीका हिसाबले अत्यधिक वढी जोखिममा छन् । नागरिक चिरा र धजा फाटेको जमिनमा जिवन बचाउन याचना गर्दै बसेका छन् ।तर विपद ब्यवस्थापन प्राधिकरणबाट विपद ब्यवस्थापनको क्षेत्रमा काम गर्नलाई आएको ३४ करोड रकम काम गर्न नसकेर यहि आर्थिक वर्षमा अर्थ मन्त्रालयमा फिर्ता भएको छ । जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी बेध निधि खानाल विपद ब्यवस्थापनको क्षेत्रमा सेना र प्रहरीको भर पर्नुपर्ने अवस्था रहंदा र छुटै जनशक्ति नहुदा सोचेजस्तो काम गर्न नसकेको स्युकार्नुहुन्छ ।

जिल्ला विपद ब्यवस्थापन समितिले भोटेकोशी, बाह्रविसे क्षेत्र, ब्रम्हायणी ,मेलम्ची र ईन्द्रावतीको किनारको क्षेत्रलाई जोखिम क्षेत्र पहिचान गरेर विपद पुर्व तयारी तथा प्रतिकार्य योजना बनाउने कामलाई अनितम रुप दिदै छ । योजनालाई कागजमा उतारिदै गदा फिल्डमा काम गर्न सकेको छैन । २०७१ सालको जुरे पहिरोदेखि सिन्धुपाल्चोकमा सुरु भएको प्राकृतिक विपत्ति हालसम्म पनि रोकिएको छैन । ६ वर्षदेखि भएको लगातारको प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकमा मात्रै ३७ सय ९० ले अकालमा नै ज्यान गुमाउनु प–यो भने ति घटनाहरुमा ३७ अझै वेपत्ता छन् । प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकमा अरबौको क्षती भइसकेको छ । निजी घर,सरकारी कार्यालय,सडक,जलविद्युत आयोजनाहरु विपत्तिबाट नराम्रो सँग प्रभावित भए । जुरे पहिरोमा विनाश भएको अरनिको राजमार्ग अन्र्तगत झण्डै १ किलोमिटर जुरे सडकखण्ड हरेक वर्ष उस्तै समस्या हुने गरेको छ । अरनिको राजमार्गको बाह्रविसे देखि कोदारीसम्मको सडक कतै पनि सग्लो छैन । विना योजना पाखा भित्तामा डोजर लगाउने प्रवृत्तिले पनि पहिरोको जोखिम वढेको छ भने सयौ हेक्टर खेतियोग्य जमिन विनास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्