२०८१ भाद्र २३
                           

रासायनिक मलको चरम अभाव , मलको खोजीमा भौतारीएका कृषक थकित , आन्दोलन गर्ने सम्मको चेतावनी

जेठ २० — सिन्धुपाल्चोकमा रासायनिक मल अभाव भए सँगै मलको खोजीमा कृषक भौतारीदै थकित भएका छन् । खेतका फाँटमा युरीया मल प्रयोग गर्न नपाएपछि मकै पहेलै बसेको छ । समयमानै मल नपाएपछि उत्पादनमा ह्रास आउने र भोकमरी चल्ने भन्दै किसान चीन्तीत छन् ।
नेकपा एमाले निकट अखिल नेपाल किसान महासङ्घले मल अभाव भएको भन्दै आज सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझएको छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ , ‘यो साल रासायनिक मलको बढी नै अभाव भोग्नु परेको हुँदा हाम्रा बाली नालीको उत्पादन नै नहुने र भोकमरीको त्रासमा समेत हामी किसानहरू रहेका छौँ । ’
किसानलाई आवश्यक पर्दा पैसा तिरेर मल किन्न समेत बजारमा मल नपाइरहेको अवस्थामा छिटो भन्दा छिटो बजारमा मल ल्याउनको लागि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमार्फत नेपाल सरकारको ध्यानाकर्षण गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य चरी बहादुर तामाङले जानकारी दिनुभयो । सिन्धुपाल्चोक जिल्लाको लागि तातोपानी बन्दरगाहमा स्टोर भएर रहेको मल वितरण गर्न समेत ध्यानाकर्षण गरिएको उहाँले बताउनुभयो ।
यसैबिच मकै र धान खेती गर्ने समयमा रसायनिक मल अभाव भएको भन्दै जिल्लाका कृषकहरूले उपलब्ध नगराए आन्दोलन गर्ने चेतावनी दिएका छन् । मल, बीउबिजन लगायतका आधारभूत वस्तु उपलब्ध नहुँदा कृषकहरू मारमा परेको आज जिल्ला प्रसासन कार्यालयमा बुझाएको ज्ञापनमा उल्लेख छ । रसायनिक मलको समस्या तत्काल समाधान नभए आन्दोलनमा जान बाध्य हुने कृषकहरुको चेतावनी छ ।
मलको कारोबार गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडको धुलिखेलस्थित गोदाम र साल्ट ट्रेडिङ कर्पोरेसनको बनेपास्थित गोदाम खाली छ । कृषि सामग्रीका धुलिखेल शाखा प्रमुख वासुदेव शर्माले यसअघि नै भागबन्डा गरिएका १०–१५ वटा सहकारीले लान बाँकी रहेका करिब १६ सय बोरा मलबाहेक अरू मल मौज्दात नभएको बताउनुभयो । वैशाखमा २ पटक गरेर आएको मलमध्येबाटै काभ्रे, दोलखा, रामेछाप र सिन्धुपाल्चोकका ४ सय सहकारीमार्फत बिक्री गरिएको उहाँको भनाइ छ । तर मलको चरम अभावको फाईदा बिचौलीयाले उठाउन थालेका छन् । पहुँचको भरमा कृषि सामग्री कम्पनी लिमिटेडको धुलिखेलबाट मल ल्याएर मंहगोमा विक्री गर्ने समेत देखिएको स्याउलेका एक किसानले गुनासो गर्नुभयो ।
मल अभाव भएसँगै जिल्लाका दुर्गम भेगवाट सदरमुकाम सम्म लामो बाटो हिडेर आउदा पनि मल नपाएको गुनासो कृषकहरुको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्