२०८१ भाद्र २३
                           

यस्ता छन् पाँचपोखरी थाङपालमा कार्यपालिकाको बैठकले गरेका महत्वपुर्ण निर्णय

जेठ २० —  पाँचपोखरी थाङपाल गाउँकार्यपालिकाका कार्यपालिकाको बैठकले महत्वपुर्णं निर्णयहरुगरेका छन् । कार्यवाहक अध्यक्ष सुनिता अधिकारीको अध्यक्षतामा १०८ औं बैठकले आ.व. ०७८÷०७९ का लागि गाउँसभाबाट विनियोजन भएका तथा अन्य निकायबाट गाउँपालिकाको लागि विनियोजन भएका सबै खालका विकास निर्माणका काम कारवाहीको अनुगमन तथा सुपरिवेक्षण गरी सिफारिस गर्न गाउँपालिकास्तरीय योजना अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ ।
२०७८÷०७९ को गाउँसभा लगाएत अन्य सबै निकायबाट गाउँपालिकामा विनियोजन भएका वडागत योजना र रु ५ लाखसम्मका सबै योजना वडास्तरीय योजना अनुगमन समितिबाट अनुगमन भई सिफारिस भएमा मात्र भुक्तानी गर्ने अन्य सबै योजनाहरु गाउँपालिकास्तरीय अनुगमन समितिबाट अनुगमन गराई भुक्तानी गर्ने निर्णय बैठकले गरेको छ । यस्तै गाउँपालिकामा एम्बुलेन्स आवश्यकता भएकोले खरिद गर्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्