२०८१ भाद्र २३
                           

मेलम्चीको क्रसर अनुगमन गरियो, मापदण्ड अनुसार मात्रै उत्खनन् गर्न निर्देशन

जेठ २३, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगर भित्रका क्रसरहरुको अनुगमन गर्नुभएको छ । नगर प्रमुख तामाङ, प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धिताल, राजस्व शाखाका प्रमुख राजेन्द्र दुलाल, वातावरण अधिकृत सुजन दुलाल ,सुरक्षाकर्मि लगायतको टोलिले आज क्रसरको अनुगमन गरेको हो । अनुगमनको क्रममा क्रसर सञ्चालनको मापदण्ड लगायत विषयमा निरिक्षण गरिएको थियो ।

अनुगमनको क्रममा पानी थेग्राउने पोखरी पुरिएको भेटिएको थियो । त्यस्ता क्रसरहरुलाई पानी पोखरीमा जमाएर मात्र नदिमा छोड्नका लागि निर्देशन दिइएको नगरपालिकाका राजस्व शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो । साथै सम्पुर्ण क्रसरहरुलाई सुचना पार्टि राख्नको लागि आग्रह गरिएको थियो । साथै उत्खनन् कार्यमा अनुमति लिएका भन्दा धरै टिपर भेटिएको छ ।

अनुगमनका क्रममा राजश्व दाखिला नगरेका जाल्पा इन्फ्रा इन्सटक्चर प्रालि, गंगा इन्द्रावती क्रसर उद्योग, वज्र वासिंङ सेन्टर र गुगल एण्ड जुगल लाई तुरुन्त राजस्व दाखिला गर्नका लागि निदैशन दिइएको दुलालले जानकारी दिनुभयो । अनुगमन पश्चात क्रसर ब्यबशायीहरुले आफ्नो कमिकमजोरीलाई सुधार्दै आगामि दिनमा गिटि तथा वालुवा उत्खनन् गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्