२०८१ भाद्र २३
                           

जनप्रतिनिधिलाई शिक्षक संघको सम्मान

जेठ २६, नेपाल शिक्षक संघ त्रिपुरासुन्दरीले गाउँपालिकमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ।सम्मानितहुने जनप्रतिनिधिहरुमा गाउँपालिका अध्यक्ष भक्तध्वज बोहरा ,उपाध्यक्ष गिताकुमारी नेपाल ,वडा न१ घोर्थलीका वडा अध्यक्ष सिताराम थापा,वडा न २ चोकटि का वडा अध्यक्ष रमेश राउत,वडा न ३धुस्कुन का वडा अध्यक्ष शिवकुमार कार्की वडा न ४ पिस्करका वडा अध्यक्ष टेकबहादुर गुभाजु९बिजय०वडा न ५ तौथलिका वडा अध्यक्ष यादप श्रेष्ठ ,वडा न ६ टेकानपुर का वडा अध्यक्ष रमेश बोहरा रहेका छन।

कार्यक्रममा प्रमुख अतिथि भक्तध्वज बोहराले शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।गाउँपालिकाको बिकास को लागि आफू रातदिन नभनी लाग्ने र सबैलाई त्यसरी नै लाग्न र सहयोग गर्न अनुरोध उहाँले बताउनुभयो ।त्रिपुरासुन्दरी गाउँपालिकाले सरकारले तोकेको विद्यालय कर्मचारी को न्युनतम तलब समेत नदिएकोले आफू दिलाइदिने बताउनुभयो ।आफुले राजनीतिक प्रतिशोधको भावना राखी काम नगर्ने र हिजो पार्टीको थिए अब साझा भएर काम गर्ने बताउनुभयो ।कार्यक्रम शिक्षक संघ त्रिपुराको सचिव बलराम नेपाल ले संचालन गर्नुभयो । शिक्षक संघ त्रिपुराको अध्यक्ष तेजबहादुर बस्नेतको सभापतित्वमा भएको थियो।कार्यक्रम सिद्धीकाली आबि सुनकोसी मा सम्पन्न भएको शिक्षक महासंघ त्रिपुराको सदस्य रामनन्दन शाहले बताउनुभयो ।
त्यसैगरी सुनकोसी समाज त्रिपुरासुन्दरी ३ धुस्कुनले पनि पालिकाबाट निर्वाचित जनप्रतिनिधि हरुलाइ बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको सुनकोसी समाजको रुजन श्रेष्ठले बताउनुभयो ।सुनकोसी समाजले शिक्षा ,स्वास्थ लगायत मानवीय सेवा गर्दै आएको समाजको अध्यक्ष जल्पना श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्