२०८१ भाद्र २३
                           

(जिसस) सिन्धुपाल्चोकको निर्वाचका लागि मनोनयन दर्ता , जता पद उतै समाजवादी

जेठ २६ — जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोकको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का बीच गठबन्धन भएको छ । यही जेठ २९ गतेलाई निर्वाचनको मिति तय गरिएको छ । एकीकृत समाजवादीलाई उपप्रमुख र एक सदस्य दिने गरी सहमति भएसंगै मनोनयन दर्ता गरेको छ । चुनावका कांग्रेसबाट जिससको प्रमुखमा बाह्रबिसे नगरपालिकाका वडा सदस्य बालकृष्ण श्रेष्ठ उमेदवार बन्नुहुने भएको छ भने उपप्रमुख समाजवादिबाट पदम नाथ नेपालले उमेरद्धारी दिनुभएको छ । ती दुई दलका बीच गठबन्धन भएसँगै जिससमा बहुमत पुगेको छ ।कांग्रेसलाई जिससमा आफ्नो नेतृत्वका लागि एक भोट अपुग थियो ।


बाह्र स्थानीय तह रहेको जिल्लामा जिससमा हुने २४ मतमध्ये कांग्रेसको १२, एमालेको सात, नेकपा (माओवादी केन्द्र)को ४ र एकीकृत समाजवादीको १ मत छ । जिसस निर्वाचनका लागि स्थानीय तहका प्रमुख उपप्रमुखले मत दिने व्यवस्था छ ।
यस्तै जिसस निर्वाचनका लागि एमाले र माओवादी केन्द्रबीच पनि तालमेल भएको छ । ती दुईदलसंग ११ मत छ । प्रमुखमा माओवादी केन्द्रबाट गणेश विक र उपप्रमुखमा एमालेबाट जेपी सिलवालले उम्मेदवारी परेको छ । स्थानीय तहको निर्वाचन भएको ३० दिनमा जिसस निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

जता पद उतै समाजवादी

स्थानीय निर्वाचन सिन्धुपाल्चोकको १२ स्थानीय तह मध्ये सुनकोसी गाउँपालिकामा मात्रै एमाले र माओवादी गठबन्धन देखिएको थियो । माओवादीले समाजवादीलाई बोक्दा चौतारा सागाचोकगढी नगरपालिकाको उमेदवार मनोनयन दर्ताको क्रममा झडप समेत भएको थियो । माओवादीले समाजवादी साथमा लिएकै कारण चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादीको प्रमुख ÷उपप्रमुख निश्चीत थियो । उसो त चौतारा साँगाचोकगढी नगरपालिकालाई माओवादीको पकड क्षेत्र पनि भनिन्छ । जिससको निर्वाचनमा समाजवादीले भने हिजो आफैले सहयोग गरेको नेकपा माओवादी केन्द्रलाई धोका दिएको छ ।


यसले अब आउने प्रदेश र सघको निर्वाचन समिकरण फेरीने अड्कलबाजी काट्न थालिएको छ । अहिलेको गठबन्धन लाई आउने चुनाव सम्म पनि निरन्तरता दिनु पर्छ भन्ने आशय नेताहरुको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्