२०८१ भाद्र २३
                           

वर्षाका कारण मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति, यातायात अवरुद्ध

जेष्ठ २७, लगातारको वर्षाका कारण मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुगेको छ ।  गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती, पाँचपोखरी जोड्ने ह्युमपाइप जडित  पुलमा क्षति पुगेको हो ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले ह्युम पाइप सञ्चालनमा ल्याउन सक्ने अवस्था नभएकोले वैकल्पिक रूपमा अब इन्द्रावती र पाँचपोखरीबाट मेलम्चीमा आउन बाहुनेपाटीको पुलको प्रयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । गत असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युम पाइप हालिएको थियो । अहिले फट्टेको पुल भने सञ्चालनमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्