२०८१ मंसिर ७
                           

सिन्धुपाल्चोकमा बाढी पहिरोको पूर्व तयारीका लागि कृत्रिम अभ्यास

जेठ २८ ÷ सिन्धुपाल्चोककोे सुकुटे स्थित सुनकोसि नदि किनारमा शनिबार बाढी र पहिरोको कृत्रिम घटना अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोक ,गोरख बक्स गण चौतारा, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक , शसस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोककोे सयुक्त आयोजनामा सुकोशीको किनार सुकुटेमा बाढी र पहिरोको कृत्रिम अभ्यास सम्पन्न भएको हो ।


बाढी र पहिरोका बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको श्री गोरख बक्स गणका गणपति प्रमुख सेनानी निर्मल श्रेष्ठले जानकारी दिनुभयो । अभ्यासका क्रममा सुनकोशीमा पौडी खेल्दै गरेका १ ब्यक्तीलाई नदीले बगाउँछ । उनलार्ई जिउँदै उद्दार गरिन्छ । त्यसैलाई कसरी बचाउने भन्ने विषयमा बाढीले बगाएका व्यक्तीको उद्धार गरी जनधनको क्षति रोक्न सुरक्षा निकाय परिचालित कसरी गर्ने, सुरक्षा फौजको गोताखोर टोलीले डुङ्गामार्फत डुबेकालाई कसरी निकाल्ने, बाहिर निकालेर प्राथमिक उपचार कसरी गर्ने तथा अस्पताल सम्म कसरी पठाउने विषयमा अभ्यास गरेको थियो । घटना अभ्यासमा पहिरोले खोचमा फसेकाहरुको डोरीको साहायताले गरिने उद्धार, खोचमा फसेकाहरुको एक स्थानबाट कसरी उद्धार गर्ने भन्ने देखाइएको थियो ।


उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनर्ताजगीका लागि खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ यस वर्ष पनि बाढी र पहिरोको कृत्रिम घटना अभ्यास गरिएको श्री गोरख बक्स गणका गणपति प्रमुख सेनानी श्रेष्ठले बताउनुभयो ।


कार्यक्रममा उद्धार सामग्रीहरुको प्रर्दशनी गरिएको थियो । कृत्रिम घटना अभ्यासमा स्थानिय तहका विपत फोकल पर्सन, विषयगत कार्यालयका प्रमुख , प्रमुख जिल्ला अधिकारी बेध निधि खनाल , नेपाली सेनाका २६ नं बाहिनीका सहायक रथि जोतिन्द्र महत, जिल्ला प्रहरी कार्यालय प्रमुख , ससस्त्र प्रहरी प्रमुख , नेपाल रेडक्रस सोसाईटी प्रमुख तथा स्वयमसेवक तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्