२०८१ भाद्र २३
                           

जिसस प्रमुखद्धारा पदबहाली

जेठ ३० —स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जिल्ला समन्वय समिति(जिसस) सिन्धुपाल्चोकका पदाधिकारीले सोमबार पद तथा गोपनियता शपथ लिएका छन्।

आईतबार सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ र उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदम नाथ नेपाल १३ मत प्राप्त गरी विजयी हुनुभएको थियो ।जिसस निर्वाचनमा एक प्रमुख, एक उपप्रमुख र सात जना सदस्य पदका लागि १८ जनाको उम्मेदवारी दर्ता भएको थियो । कुल २४ मत मध्य जिसस चुनावमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच गठबन्धन हुदा ११ मत थियो ।

तर सदस्य तर्फको मतदानमा एमालेले माओवादीलाई र माओवादीले एमालेलाई धोका दिएको मत परिणामले देखाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्