२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोक जिल्लाभर १३० वटा डिलर मार्फत मल दिने

जेठ ३१ –सिन्धुपाल्चोकमा मलको हाहाकार भएको बेला सरकारले जिल्लाभर १३० वटा डिलर मार्फत मल दिने भएको छ । जिल्ला भर युरिया १ हजार ४ सय २६ बोरा र डिएपी ६५० बोरा दिने भएको हो । कृषि सामग्री कम्पनी लिमिटेड धुलिखेल शाखाले सिन्धुपाल्चोक जिल्ला भर १३० वटा डिलर मार्फत जम्मा २ हजार ७६ बोरा मल दिने भएको हो ।
मेलम्ची नगरपालिकामा ३३ डिलर मार्फत प्रती सहकारीमा युरिया ८ डिएपी ५ बोरा दिने भएको छ । यस्तै पालिकामा युसरया २ सय ६४ र डिएपी १ सय ६५ बोरा पाउने भएका छन् ।
यस्तै बाह्रबिसे नगरपालिकामा ६ डिलर मार्फत मल बिक्री गर्ने भएको छ । प्रति सहकारी युरिया १५ र डिएपी ५ बोरा दिने भएको छ । यस्तै बाह्रबिसेले युरिया ९० र डिएपी ३० बोरा पाउने भएका छन् ।
यस्तै हेलम्बु गाउपालिकामा ७ डिलर मार्फत मल बिक्री गर्ने भएको छ । प्रति सहकारी युरिया १५ र डिएपी ५ बोरा दिने भएको छ । यस्तै हेलम्बुले युरिया १०५ र डिएपी ३५ बोरा पाउने भएका छन् ।
यता चौतारा सागाचोकगढी नगरपालिकामा २९ डिलरमार्फत सहकारीमा युरिया ८ र डिएपी ५ बोरा पाउने छ भने पालिकामा युरिया २ सय ३२ र डिएपी १ सय ४५ बोरा पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्