२०८१ भाद्र २३
                           

मेलम्चीमा बालविवाह न्यूनीकरण सम्बन्धी एकदिने अन्तरक्रिया

असार ३, बालविवाह न्यूनीकरण सम्बन्धी बालबालिका र अभिभावक बिच एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा बालसुधार माध्यमिक विद्यालय र जलवायुदेवि माध्यमिक विद्यालयमा कार्यक्रम भएको हो । मेलम्ची ५ ,७ र ८लाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएको र अन्र्तरक्रिया वडा नम्बर ५मा गरिसकिएको कर्मचारी अम्बिका डोटेलले जानकारी दिनुभयो ।

बालमैत्री वडा घोषणाको लागि  आवश्यक सुचक पुरा  चाडै नै घोषणा गरिने मेलम्ची नगरपालिकाले जनाएको छ । आज भएको कार्यक्रममा विद्यार्थी , अभिभावकहरुलाई अधिवक्ता एवम् मेलम्ची नगरपालिकाका कानुनी सल्लाहकार भेषनाथ ढकाल ,नगरपालिकाका बालमैत्री सहजकर्ता केशव पौडेल, तालामाराङ प्रहरी चौकिका प्रहरी सहायक निरिक्षक मान बहादुर बस्नेत लगायतले बालविबाह गर्दा हुने बेफाइदा,यस सम्बन्धी कानुन र समस्याका परेमा कहाँ सम्पर्क गर्ने लगायत विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा विद्यार्थी र अभिभावकले बालबिबाह नगर्ने र हुन पनि नदिने प्रतिबद्धता जनाएका छन् । मेलम्ची ७को कार्यक्रममा वडा अध्यक्ष पासाङ तामाङ, र वडा नम्बर ८को कार्यक्रममा वडा सदस्य इन्द्रबहादुर गिरीले यस्ता जनचेतना मुलक कार्यक्रमले बालविबाह न्यूनीकरणमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्