असार ४, बलेफी गाउँपालिका-७ खाडीचौरस्थित हार्डवेयर पसलमा आगलागी पीडितलाई सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले नगद सहयोग गरेको छ । आगलागी पीडित बिदुर खड्कालाई संघमा आबद्ध ब्यापारी, ब्यबसायीले ५ लाख ४६ हजार ५५ रुपियाँ नगद सहयोग गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत(राजकुमार) ले जानकारी दिनु भयो ।
त्यस्तै आज बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाजित जिल्ला समन्वय समिति, गाउँ, नगरपालिकामा निर्वाचित मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षलाई सम्मान गरिएको संघका पूर्व अध्यक्ष बेद बहादुर श्रेष्ठले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्