२०८१ भाद्र २३
                           

गिट्टी बालुवा उत्खनन्ले ¥याफ्टिङ संकटमा

दिपक खत्री ÷असार ४ – विश्वभरका साना ठूला गरी ६ हजार नदीनालामध्ये एडभेन्चर १० उत्कृष्ट नदीमध्ये सातौमा परेको भोटेकोसी र सुनकोसी नदी सिन्धुपाल्चोकमै पर्छ । सुनकोसीको सुकुटे करिडोर क्षेत्रका होटेल र रिसोर्ट आहिले ‘¥याफ्टिङ’का पर्यटकले भरिन थालेका छन् । भूकम्पपछि मात्र ३ लाख पर्यटक जलपर्यटनका लागि भनेर सिन्धुपाल्चोक भित्रिएका थिए । जलपर्यटनले गर्दा यहाँमात्रै हजारौले रोजगारी पाएका छन् । तर प्रकृतिले बरदानस्वरुप दिएको यिनै आकर्षक पर्यटकीय गन्तव्यहरूमा नदी दोहन हुदै आएको छ । गिट्टी बालुवा उत्खनन् बढिरहेको छ ।स्थानिय तहले वर्षेनि दहत्तर वहत्तरको ठेक्का लगाउनदै एक्साभेटरले नदीजन्य पदार्थ निकाल्न अनुमती दिनेगरेका छन्  । यसले सुन्दर नदीहरू कुरुप त बनाइरहेका छन् नै अझ भोटेकोसीको छालसँगै ‘¥याफ्टिङ’ को आनन्दलाई थप जोखिम वढाएको ¥याफ्टिङ गाईड विकास माझी बताउनुहुन्छ ।
कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र बिस्तारै तंग्रिन थालेको छ । ८७ वर्षदेखि नेपालमा साहसिक खेल मानिने ‘¥याफ्टिङ’ मा पर्यटकको आकर्षण देखिन्छ । राजधानीबाट ७० किलोमिटको दूरीमा नजिक भएका काराण पनि सुनकोसी र भोटेकोसी नदीमा –याफ्टिङका लागि उपयुक्त र रोजाईमा पर्ने गरेको मानिन्छन् । पहिला भोटेकोसी नदीमा ४० किलोमिटर दूरीमा –याफ्टिङ गराइन्थ्यो । नदी क्षेत्रको तिव्र दोहन बढ्यो, खाडीचौरदेखि दोलालघाटसम्म १५ किलोमिटर –याफ्टिङको दूरी खुम्चिएको छ । यो अवस्था बढ्दै जाने हो भने आफ्नो व्यवसाय धरासायी बन्दै जाने र नदीको अस्तित्व संकटमा हुने ब्यवसायिको नारायण श्रेष्ठको चिन्ता छ ।
पछिल्लो समय जसरी नदी प्रदूषण र नदीमा जथाभावी उत्खनन् बढिरहेको छ ,यसले पर्यटकहरूको संख्या घटाउने चिन्ता थपेको छ । अहिले मापदण्ड विपरीत बालुवा प्रशोधन गर्नाले नदी धमिलो हुने गरेको छ । जथाभावी रुपमा प्रयोग भएको डोजर तथा स्काभेटरका कारण भू–क्षय बढिरहेको छ । स्थानिय सरकारले एकातिर पर्यटक भित्र्याउने लक्ष्य राखेको छ अर्कोतिर ‘¥याफ्टिङ’ खेललाई बेवास्ता गरेर तीव्र नदि दोहनको अधिकार दिरहेको छ । नदी तथा खोलाको संरक्षणका लागि भूमिका खेल्दै आएको ¥याफ्टिङ व्यवसायीको छाता संगठन नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज् (नारा) ले पटक पटक यो विषयमा ध्यानाकर्षण गराएपनि सरकारको ब्यवस्था गरेको नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज् (नारा) का अध्यक्ष शिव अधिकारी बताउनुहुन्छ ।
अन्धाधुन्दा क्रसर उद्योग सञ्चालनले धमिलिएको नदी र जथाभावी फालिने फोहोरले भोटेकोसीमा ¥याफ्टिङ गर्ने पर्यटकको उत्साहलाई थारै खल्लो बनाईरहेको छ । नेपालमा पर्यटन विकासबाट आर्थिक सम्भावनाहरू प्रशस्त छन् । यदि प्राकृतिक स्रोतको दोहन बढ्दै जाने हो भने पर्यटकहरू घट्न सक्छन् । यसतर्फ समयमा नै सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्