२०८१ भाद्र २३
                           

स्काउट दिक्षान्त र एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

असार ५, चौतारा साँगाचोकगढी स्काउट तदर्थ समितिको आयोजनामा स्थानीय स्काउटको दिक्षान्त र एक दिने अभिमुखीकरण कार्यक्रम हिजो सम्पन्न भएको थियो ।
चौतारा सांगचौकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटा ‘देशबन्धुु’लाई नगर स्काउट संरक्षक, पालिका उप-प्रमुख सीता थापालाई प्रमुख स्काउट र शिक्षा प्रमुख बसन्त राज जोशीलाई नगर स्काउटको सचिबको रुपमा नेपाल स्काउट, वागमती प्रदेश तदर्थ समितिका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि शिवराम अर्यालले दिक्षान्त प्रधान गर्नु भएको थियो ।
त्यतै कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका सम्पुर्ण वडाका नवनिर्वचित वडा अध्यक्षहरुलाई बधाई तथा शुभकामना पनि दिईएको थियो। कार्यक्रममा विभिन्न संघ सस्थाका प्रमुख एवं प्रतिनिधिहरु, प्रदेश सदस्य, स्काउट लिडरहरु, रोभर/रेन्जर आदिको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्