दिपक खत्री, असार ६ — सिन्धुपाल्चोक जिल्लाको मुख्य बजारहरुमा पार्कीङको चरम अभाव कायम छ । पार्किङ क्षेत्र नबन्दा बजार क्षेत्रमा चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधन सडक किनारमा जथाभावी पार्किङ गर्नुपर्ने सवारी चालकको बाध्यता छ ।
साँघुरो सडकमा सवारीसाधनको चाप दिन–प्रतिदिन बढ्न थालेपछि ट्राफिक ब्यबस्थामा निकै समस्या हुने गरेको छ । चौतारा, मेलम्ची ,बाह्रविसे ,खाडिचौर जस्ता बजार क्षेत्र प्राय अस्तब्यस्त हुन्छन् । बजार क्षेत्रमा पार्किङ स्थल नहुदा रोडमै जथाभाबी पार्किङ गर्नुपर्ने आफ्नो बाध्यता रहेको चालक राजेश भुजेलको भनाई छ । बजारमा पार्कीङको चरम अभाव भएको चालकहरुको गुनासो हुन्छ ।
साँघुरो बाटोमा जथाभावी पार्किङ गरिदिँदा सडक किनारमा हिँड्नसमेत सास्ती खेप्नुपर्ने पैदल यात्रुले कल्पना श्रेष्ठले गुनासो गर्नुभयो । मोटरसाइकल चालकहरूले अव्यवस्थित रूपमा एउटा पसलको अगाडि पार्किङ गरेर अन्यत्र काममा जाँदा समस्या हुने गरेको बाह्विसेका व्यवसायी अनिश श्रेष्ठले बताउनुभयो ।
बजार क्षेत्रमा बजार बैंक तथा सरकारी ग्रैह सरकारी कार्यलय छन् । यि कार्यालय पनि सेवाग्राहिलाई पार्किङ स्थल ब्यवस्थापन गरेका छैनन् । सेवाग्राहीको लागि भने सडक नै पार्किङको विकल्प जस्तै छ । बजारमा घर भएका धेरै स्थानीयले समेत सार्वजनिक सडकलाई नै पार्किङलस्थल बनाएका कारण सडक साँघुरो हुन्छ ।
फुटपाथमा पैदलयात्रुको र सडकमा सवारीको निर्वाध आवागन हुनुपर्छ । तर, जिल्लाका मुख्य बजारमा सडक र सडकपेटी भने न त सवारीमैत्री छन्, न पैदलयात्रुी मैत्री नै । सवारी साधनको अब्यबस्थित पार्किङ र बढ्दै गएको चापले सिन्धुपाल्चोकको मुख्य बजार क्षेत्रमा दिनप्रतिदिन ट्राफिक ब्यबस्थापनमा समस्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेत बताउनुहुन्छ ।
चौतारा सांगाचोकगढी नगरपालिका मेयर कृष्ण प्रसाद सापकोटा आफूहरू व्यवस्थित पार्किङ बनाउने योजनामा रहेको बताउनुहुन्छ । बजार क्षेत्रमा रहेका बैक,वित्तीय सस्था तथा कार्यालसंग पार्कीङ क्षेत्र ब्यवस्थापनको लागि नगरपालिकाले समन्वय गर्ने मेयर सापकोटा बताउनुहुन्छ ।
अहिलेसम्म चौतारा, बाह्रविसे, मेलम्ची जस्ता ब्यस्त बजारमा पार्किङस्थलको अभावमा सडक किनारमा सवारीसाधन अलपत्र छाड्नु स्थानीयको वाध्यता छ । यसबाट सवारीसाधन हराउने तथा क्षतिसमेत हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्