२०८१ मंसिर ७
                           

तातोपानी नाकाबाट सामान ल्याउन झन्झड, व्यापार सहजीकरण गर्दैन सरकार

दिपक खत्री ÷ असार ७ — २०७२ सालमा आएको विनाशकारी भूकम्पपछि बन्द भएको चीनसंग सिमा जोडिएको उत्तरी तातोपानी नाका ठूलो तामझामका बीच २०७६ जेठ १५ गते उद्धघाटन भएको थियो । नाका सञ्चालनमा आएसँगै चीनबाट सरसामान आयात गर्न सहज हुने र त्यसले बजार भाउमा समेत सकारात्मक प्रभाव पार्ने भन्दै व्यवसायीहरू उत्साहित देखिएका थिए । तर केही बर्ष यताको लगातारका बाढी पहिरोका कारण जीर्ण बनेको सडक , कोरोना सक्रमण लगायतका कारण तातोपानी नाकाबाट आयात–निर्यात सहज नहुदा ब्यवसायी पलायन हुनुपर्ने चीन्तामा छन् । कोभिडलाई कारण देखाउँदै झण्डै डेढ वर्षदेखि सिन्धुपाल्चोकको उत्तरतर्फको नाका हुँदै हुने व्यापारमा समस्या देखिएको छ । चीनले आफ्नोतर्फबाट हुने निर्यात पनि दैनिक कोटा तोकेर पठाउने गरेको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका निवर्तमान अध्यक्ष वेद वहादुर श्रेष्ठ बताउनुहुन्छ ।
चिनियाँहरुले नाकामा सुरक्षा प्रोटोकलमा थप कडाइ गरेको छ । अहिले नेपाली ट्रक सामान लिन चीन जान पाईदैन ।चिनलेनै ड्राईपोर्ट सम्म सामाग्री ल्याईदिने हुदा नेपाली ब्यापारीले सोचे अनुसारको सामाग्री ल्याउन पाउदैनन् । तातोपानी नाकाबाट भुकम्प अघि हुने स्थानिय सामाग्रिको निर्यात पनि अहिले सुन्य छ । तातोपानी नाका हुदै सामाग्री डुवानी गरेर ल्याउदा धेरै झन्झड ब्यहोर्नुपर्ने उद्योग वाणिज्य संघ,सिन्धुपाल्चोक महा सचिवसम्भु तिमल्सिनाको भनाई छ ।
नाका सोचेअनुसार संचालनमा नआउदा यसको प्रत्यक्ष मारमा सीमा गाउँका स्थानियपनि छन् । मित्रराष्ट्र चीनको सीमामा बस्ने अधिकांश स्थानीय व्यापार गरेर जीवन धान्ने गर्दथे । अहिले सीमावासी तितर बितर भएका छन्  । सीमा गाउँमा खेतीयोग्य जमिन छैन । उनीहरूको प्रमुख पेसा भनेको तातोपानी लिपिङमा झोलेपोके व्यापार थियो । प्छिल्लो समय ब्यापारीले भित्राउने सामानलाई लोड अनलोड गरेर जिविका चलाउनुपर्ने अवस्थामा उनिहरु छन् । तर अनेकन चुनौतीले ठुला ब्यापारी पलायन हुने अवस्थामा पुग्दो मजदुरलाई जिविका धान्न मुस्किल पर्न थालेको छ ।


माथीबाट पहिरो र तलबाट भोटेकोशी नदिको कटानले तातोपानीसम्म पुग्ने बाटो पनि भरपर्दो छैन । अहिले मनसुनको समय भएकाले सडकसम्बन्धी जोखिम झन् बढेको छ । नाका औपचारिक रूपमा खुल्ने बाहेक अन्य धेरै काम बाँकी रहेको ब्यवसायी बताउछन् । सभामुख, अर्थमन्त्रीसहितको उच्चस्तरीय टोलीले बेलाबेलामा व्यापार सहजीकरणका लागि नाकाको स्थलगत निरीक्षण गर्ने गरेको छ ।
२० वर्षअघिदेखि चल्दै आएका एक हजार चार सय मालवाहक कन्टेनर, २८ सय चालक र पाँच हजार मजदुर परिवार बेरोजगार भए । व्यवसायी र स्थानीयले सरकारलाई पटक पटक नाका सहज बनाउन आग्रह गर्दा चीन पक्षसामु विवरण राख्ने आश्वासन सरकारले दिनेगर्छ । तर नाका चिनियाँ अधिकारीको आदेशअनुसार सीमित मात्रै खुलेको छ । नाका सहज हुने वातावरण बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्