२०८१ भाद्र २३
                           

चौतारा सांगाचोकगढी बाह्रौँ नगरसभा सम्पन्न ,वडाका लागी ७५ लाख अपुग भएको अध्यक्षको भनाई

असार १०, चौतारा सांगाचोकगढी नगरपालिकाले आ.व. ०७९÷८० को सम्पुर्ण शिर्षक अन्तर्गतको कुल रु. १,२४२,९४७,०००।– (एक अरब चौबिस करोड उनान्तीस लाख सड्चालिस हजार) बजेट विनियोजन गरेको छ । बाह्रौँ नगरसभा अन्तरगत सुक्रबार सम्पन्न नगर सभामा उपप्रमुख सिता थापाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षको वजेट विनियोजन गर्दा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरेको बताउनुभयो । नगरपालिकाले कृषि क्षेत्रका लागि रु. ४ करोड विनियोजन गरेको छ ।
त्यसैगरी पशु विकास सेवाका लागि रु. २ करोड र रोजगार सिर्जनाका लागि रु. १ करोड विनियोजन गरेको छ । स्वास्थ्य तर्फ रु. ३ करोड ५० लाख विनियोजन गरेको छ । शिक्षा, युवा तथा खेलकुद तर्फ ४ करोड ५० लाख , नगर गौरवका योजनाका लागि रु. २ करोड विनियोजन गरीएको छ ।
यसको अतिरिक्त चालु आ.व.मा संचालन भएका अधुरा योजनाहरुलाई पुरा गर्न, संघ तथा प्रदेश बाट प्राप्त हुने सशर्त अनुदानका कार्यक्रम संचालन गर्नका लागि समेत यथेष्ट बजेट विनियोजन गरीएको उपप्रमुख सिता थापाले नगरसभामा प्रस्तुत गरेको कार्यक्रममा उल्लेख छ ।
नगरपालिकाले संघ समपुरक अनुदानका लागि संघबाट प्राप्त हुने समेत जम्मा रु. १ करोड ८० लाख विनियोजन गरेको छ । प्रदेश समपुरक अनुदान प्रदेशबाट प्राप्त हुने समेत गरी रु. ६ करोड विनियोजन गरेको छ ।
नगरपालिका भित्रका जुनसुकै कारणले मृत्यु भएका मृतकको परिवारलाई प्रति परिवार रु. ५ हजारका दरले जम्मा रु. ३० लाख बजेट विनियोजन गरीएको छ । पुर्वाधार तर्फ सिंचाई, खानेपानी तथा सरसफाई समेतलाई गरी ४ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
लक्षित वर्गका लागि रु. १ करोड ७० लाख बजेट विनियोजन गरेको छ । नगरको विभिन्न क्षेत्रमा पूर्वाधार विकासको लागि नगर पुर्वाधार विकास तर्फ रु. २ करोड बजेट विनियोजन गरेको छ । विभिन्न साझेदार संस्थाहरुसँग साझेदारी गर्नका लागि रु. ३ करोड विनियोजन गरेको छ ।
विपद् व्यवस्थापन तथा वन वातावरण, लघु उद्यम, पर्यटन, सहकारी, न्यायिक समिति, मठमन्दिर, सूचना तथा संचार, पुरातत्व संस्कृति पर्व तथा जात्रा, प्रभावित क्षेत्र, नदीजन्य पदार्थको उत्खनन् तथा संकलनको कारणबाट प्रभावित क्षेत्र तथा विविध कार्यक्रम समेतलाई समेटी यथोचित बजेट विनियोजन गरेको निति कार्यक्रममा उल्लेख छ । आगामी आ.व. मा वडा स्तरीय योजनाको लागि प्रत्येक वडाका लागि रु. ७५ लाखका दरले वडा स्तरीय योजनाका लागि बजेट विनियोजन गरेको छ । तर एमाले र काग्रेसबाट निर्वाचीत वडा अध्यक्षले रु. ७५ लाख वडाको लागि अपुग भएको भन्दै असहमती जनाएका छन् । यो विषयमा कार्यपालिका बैठकमा छलफल गर्ने गरी मेयर कृष्ण प्रसाद सापकोटाले निर्धारीत सेडुल अनुसार बैठक स्थगीत गर्नुभयो ।
नगरपालिकाले विभिन्न वडा कार्यालय भवन निर्माण तथा भवन मर्मतका लागि रु. १ करोड बजेट विनियोजन गरेको छ । वडास्तर देखि नगरको प्रशासनिक खर्च, जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारीको तलव लगायत चालु खर्च तर्फ रु. १४ करोड बजेट विनियोजन गरेको छु ।
कर्मचारी वृद्धि विकासको लागि कर्मचारी कल्याणकारी कोषलाई निरन्तरता दिँदै रु. २५ लाख बजेट विनियोजन गरेको छु । मागमा आधारित, सहिद परिवार कार्यक्रम, सामी परियोजना र नव प्रवर्द्धन साझेदारी कोष समेतलाई गरी एकमुष्ट बजेट रु. २ करोड ९२ लाख विनियोजन गरेको छ । पूर्वाधार एम्बुलेन्सको रुपमा ब्याक लोडर (जे.सि.बि) खरिदका लागि रु. ५५ लाख बजेट विनियोजन गरेको छ ।
यस्तै आगामी आर्थिक वर्ष ०७९÷०८० का लागि समेत मालपोत कर पुर्ण रुपमा छुट दिने सभामा गरीएको छ । नगर उपप्रमुख सिता थापाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा जमिन बाझो नराखौ,माटोले मागेको रोपौ , जति द्येरै उत्पादन त्यति द्येरै अनुदान, बाली संरक्षण आपतकालिन कोष,प्रत्यक किसान उत्पादक बनौ,प्रत्यक उत्पादनलाई उद्यममा जोडौ जस्ता लोकप्रीय नाराका साथ निति कार्यक्रम तयार पारीएको छ ।

प्रतिक्रिया दिनुहोस्