२०८१ भाद्र २३
                           

त्रिपुरासुन्दरीको बार्हौ गाउँसभा सम्पन्न ,कक्षा १२ सम्म निशुल्क शिक्षा  

असार १०, आर्थिक वर्ष २०७९र८० को निति तथा कार्यक्रम त्रिपुरासुन्दरी गाउँपालिकाको गाउँसभा बाट पारित भएको छ।
प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले उक्त गाउँसभामा सम्बोधन गर्दै त्रिपुराको विकास को अनुभुती हुने गरि कार्य गर्न जनप्रतिनिधिलाई आव्हान गर्नुभएको थियो भने,त्रिपुराको विकासका लागि आफुले सकेको सहयोग गर्ने बताउनुभयो ।
बन्द सत्र र खुला सत्र गरि दुइ सत्रमा सम्पन्न उक्त कार्यक्रममा निति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले प्रस्तुत गर्दै कक्षा १२ सम्मको शिक्षा निशुल्क गर्ने,राममाबी र कागेश्वरी माबिमा प्लस टु संचालन गर्ने,पचास वर्ष माथी उमेर समुहको सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाइ सम्मानजनक रूपमा स्वैच्छिक अवकाश कार्यक्रममा आवद्ध गराउने जस्ता लोकप्रिय कार्यक्रम पेश गरेका गर्नुभयो ।
त्यसै गरि त्रिपुराको धार्मिक ,सास्कृतिक तथा पर्यटकिय ठाउँ स्जिवनमा एकपटक घुम्न जाउ भन्ने नारा सहित पर्यटक भित्र्याउने निति लिइएको छ।त्यसै गरि कृषिको सुधार गर्न उल्लेखनीय योजना प्रस्तुत गरिएको छ।गाउँपालिका उपाध्यक्ष गिताकुमारी नेपाल ले आर्थिक वर्ष २०७९र८० को वार्षिक बजेट प्रस्तुत गर्दा सर्वसम्मत पारित भएको थियो।
उपाध्यक्ष नेपाल ले २०७९र८० को लागि रु ४० करोड ९३ लाख ५२ हजार बिनियोजन गरिएकोमा चालुतर्फ २२ करोड ६ लाख ५२ हजार र पुजिगत तर्फ रु १८ करोड ८७ लाख रुपैया विनियोजन प्रस्तुत गरिएको थियो।बजेटमा प्राथमिकताका क्षेत्र स्वास्थ ,शिक्षा ,कृषि तथा पशुपालन ,यातायात ,संचार तथा विद्युत सेवा र सरसफाइ र खानेपानी लाई राखिएको छ।
त्यसैगरी गाउँ पालिका प्रबक्ता मा वडा न ६ का वडा अध्यक्ष रमेश बोहरा तोकिएका छन भने, पुर्वधार बिकास समितिमा टेकबहादुर गुभाजु ,आर्थिक समितिमा यादप श्रेष्ठ ,सामाजिक विकास समितिमा रमेश बोहरा ,वन तथा वातावरण समिति मा किरण थामी ,शुसासन समिति मा शिवकुमार कार्की र विधान संशोधन समिति को संयोजकमा सिताराम थापा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्