२०८१ मंसिर ६
                           

८ वर्ष बित्यो, आफ्नो नाममा संकलन भएको पैसा पाएनन् जुरे पीडितले

दिपक खत्री, असार १३ — विसं २०७१ साउन १७ गते बिहान ३ बजे बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सिमानामा ठूलो पहिरो गएको थियो । यसरी ८ वर्षअघि पहाड खस्दा जुरेको सिङ्गो बस्ती पुरियो भने १४५ जनाको ज्यान गयो, सयौँ मानिस विस्थापित भए । जुरेमा पहिरोले बगाएको स्थानीयको जग्गामा क्रसर सञ्चालन भइरहेको छ । स्थानिय तहले क्रसरबाट आन्तरीक आम्दानी गरिरहेको छ । तर संयोगले पहिरोबाट बाचेकाहरू अहिले सम्म दुःखको जिन्दगी कटाइरहेका छन् ।
पहिरोबाट विस्थापित सरस्वती बोहोरा बस्ने घर देखि जिवन निर्वाह गर्ने खेतबारी पहिरोमा परेपछि आफुहरु सुकुम्बासी बनेको बताउनुहुन्छ । जुरे पीडितलाई पनि भुकम्प पिडित सरह मानेर सरकारले आवास निमार्णको लागी ३ लाख रकम दियो । म्याग्नेसाईट उद्योगमा बस्दै आएका पीडितलाई घर बनाउन सरकारले जग्गा ब्यवस्थापन गर्न सकेन । अहिले जुरे पहिरो पीडितहरुले अरनिको राजमार्गको किनारामा सडकको मापदण्डमा पर्ने जग्गामा टहरा बनायर बसेका छन् । पहिरो पीडितका लागि तत्काल विभिन्न देश विदेशमा बस्ने ब्यक्ति तथा गैरसरकारी निकायबाट दुई करोड २४ लाख रुपैयाँ सहयोग जम्मा भएको थियो ।सरिता तामाङ लाई पहिरो पीडितको नाममा दाताले सहयोग गरेको रकम पीडितको हातसम्म नपुग्दा आक्रोस र पिडा छ ।
जुरे पिडितको नाममा संकलित रकम ८ वर्षसम्म सरकारी खातामा रोकिएको छ । दैनिक गुजार चलाउन मुस्किल भएका बेला आफ्नो लागि संकलन भएको रकम आफुहरुले पाउनुपर्ने बिनिता लामाको तर्क छ । भुकम्प पिडित सरहमात्र आफुलाई हरेकोमा अन्याय भएको उहाँको बुझाई छ ।
सरकारले दोहोरो चरित्र देखाएको आरोप पिडितको छ । । पहिरो र भूकम्प दुवै तर्फबाट पीडित भएका जनताका लागि जनस्तरबाट संकलन भएको रकममा पनि सरकारले अंकुश लागउनु गलत भएको पिडित बताउछन् । यत्ति लामो समय हुदा पनि बास्तविक पिडित को को हुन् भन्ने निक्र्यौल स्थानिय तहले गर्न सकेको छैन । लामो संघर्ष गर्दापनि रकम नपाएकोमा पीडितहरु निरास छन् ।
विसं २०७६ मङ्सिर १४ गतेको मन्त्रिपरिषद्को निर्णयले पहिरो पीडितलाई भूकम्पपीडित सरह रकम मात्रै उपलब्ध गराउने निर्णय ग¥यो । त्यसपछि सरकारले गरेको निर्णय स्वीकार नभएपछि फेरि स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकायले मन्त्रिपरिषद्को निर्णय मान्य नहुने जानकारी पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरुको नाममा संकलित रकम पीडितलाई दिलाउन पहल भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रशासकीय अधिकृत तथा विपद ब्यवस्थापन समिति ,सिन्धुपाल्चोक फोकल पर्सन श्याम कृष्ण श्रेष्ठ बताउनुहुन्छ ।
आठ वर्ष अघि नै वितरण हुनुपर्ने रकम समयमै वितरण हुन नसक्दा पीडित अन्योलमा परेका छन् । एक परिवार र घर गुमाउनुको पिडा अर्को सरकारले हेर्ने नजर र गर्ने सहयोग पनि विभेदकारी भएको पीडितहरुले गुनासो गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्