सम्झना कार्की
सिन्धुपाल्चोक , १५ असार
पछिल्लो समय प्रबिधि बढेसगँै गाउँघरको रुप फेरिदै गएको छ । केहि दशक अघि गाउँका प्रत्येक घर घरमाढुङ्गा र खरले छाएर रातोमाटो र सेतो कमेरोलो पोतिएका घर बाख्लै देखिन्थे । परम्परागत घर र ढुङ्गे घर गाउँबाट विस्तारै ओझेलिँदै गएकाछन् । अहिले गाउँमाधमाधमसिमेन्ट र कङ्क्रिटका घर ठडिँदै गएका छन् ।
सिन्धुपाल्चोकका विभिन्न वस्तीमा सात वर्ष अगाडिसम्म गाउँका अधिकांश घर ढुङ्गा र केही खरले छाइएका थिए । तर, अहिले तीवस्तीमा सिमेन्टेडका पक्की घर र विभिन्न रङगका जस्तापाताले छाएर घर रङ्गीचङे्गी देखिन्छन् । कमेरो र रातोमाटोले पोतिएका घर कमै पाइन्छ ।
विशेष त ०७२ सालमागएको भुकम्पले तहसनहस बनाएपछि पनि गाउँ घरको रुप फेरिएको हो । गाउँमा पनि आरसीसी ढलान घरहरु बन्न थालेका छन् भने पुराना रातोमाटो र कमेरो पोतिएको घर भेट्टाउन मुश्किल छ । भूकम्प प्रतिरोधी घर बनाउन परेको कारण पुराना ढाँचाका घरहरु मासिएर गाउँ आधुनिक घर निर्माणको चरणमा पुगेको हो ।
चौतारा सागाचोकगढी नगरपालिकाका रुद्र बहादुर तामाङ भन्छन् , ‘ हामि कहाँतिनतले घरहरु थिए , जब भुकम्पले यी घरहरुलाई माटोमा परिनत गरिदियो । ढुङ्गे माटोको घरमा बस्न सहजहुने भएतापनि आफु बाच्नकै लागी भएपनि भूकम्पप्रतिरोधी साना घरमा बस्नुपर्छ । समय सगैँ मानिसहरु पनि परिवर्तन भएकाछन् । युवाहरु गाउँमाबस्दैनन् । सडक , यातायातगाउँगाउँमै पुगेका छन् यसले पनि परिवर्तन भएको जस्तो लाग्छ । ’
गाउँमा यातायातको पहुँचसडक विस्तार भएका कारणपनि रड र सिमेन्टको प्रयोग गरी पक्की घर निर्माणको क्रम बढेको यहाँका ज्येष्ठ नागरिकको बुझाइ छ । पिंढी,दलान, बुइगल र बार्दलीयुक्त घरहरु एकदम ैथोरै मात्रमा भेटिन्छन् ।
पराम्परागत पञ्चेबाजा , ढिकी, जाँतो र ओख्ली नेपालको परम्परागत पहिचान हो । तर, यसको प्रयोग विस्तारै घट्दै गएको छ ।आधुनिक प्रविधिको विकाससँगै अन्नबाली कुट्न प्रयोग गरिने ढिकि, ओख्ली तथा पिस्न प्रयोग गरिने जाँतो लोप हुँदै गएको हो ।नयाँ नयाँ प्रबिधिको प्रयोगले ढिकि, जाँतो र ओख्ली मानिसले प्रयोग गर्दा धेरै समय लाग्ने र कडा परिश्रम खर्चिनु पर्ने भएकोले पनि प्रयोगमा आउन नसकेको हो । बिना पानीबाट चल्ने घट्टा, बिद्युत्बाट चल्ने मिल तथा मिक्चरको प्रयोगले पनि परम्परागत यस्ता बस्तुको प्रयोग हुन छोडेको हो ।
मेलापात घासँदाउरा गर्दा गाउँने गुन्जयमान हराए । गितार को जमाना आयो ,तेसैले त मादल अनि झ्याउरे भाका हरायो रे । बिशेष त मानो रोपेर मुरी फलाउने समयका रुपमालिने यो समयमासिन्धुपाल्चोकको ग्रामिण भेगमाखोई कतै सुनिदैनन् असारे भाका । आधुनिकतासगँै हाम्रो बहुमुल्य सस्कृति बिलाउदै गएको छ ।
आफूलाई पुग्ने लसुन प्याज खुर्सानी सागसब्जी लगायतका भान्साका अत्यावश्यक मसला र तरकारीहरु करेसा बारीमा फल्थे । धान ,मकै , कोदो ,गहुँ, फापर , तोरी , तिलले बारी झकिझकाउँ रहन्थे । खेताला जाने, मेलापात अर्मपर्मको बेग्लै स्वाद र मजा हुन्थ्यो । तर अहिले यो देखिदैन । आफ्नो बारीमा उत्पादन नगरी बिषात्त खानेकुरा खाने गरेका छौँ यसले गर्दा जग्गाजमिनबाझै रहीउत्पादमा समेत कमि छ ।
गाउँमाबलियाबाङ्गा, बाहुबली मान्छे र तन्नेरीहरू छैनन् छन् त कमजोरबृद्ध बृद्धा र महिला केटाकेटी अशक्त मान्छेहरु मात्रै। केहीसिमिततन्नेरीहरूले मात्रै गाउँको जीवन जेनतेन धानिएको छ । गाउँजीवित र चलायमानबनाउने थोरै मान्छेमात्रगाउँमा सकस खपेर बसेका छन् ।
अहिले गाउँमाभौतिकविकास र परिवर्तन भएको छ ।बिजुलीबत्ती,गाउँ टोल टोलमामोटर बाटो लगाएतका बिभिन्न प्रबिधिका साधन भित्रिएका छन् । गाउँले जीवनजिउन सजिलो भएको छ । तर उचित लाभ लिने जनशक्ति गाउँमा छैन भन्दै अन्य ठाउँमा पुग्ने गरेका छन् । पहिला पहिलाका मान्छेहरु आफ्नो भविष्य र भाग्य यही हो भनेर गाउँमै बस्थे , आफ्ना पाखुरी बजार्थे दशनंग्रा खियाउँथे तर आजकल त्यो गाउँले रौनकता कता हरायो ?
खेतीयोग्य भुमि निष्काम र बाँझा भएर झाडीमा परिणत भएको छ । आलु, साग र लसुन उब्जाएर खानभन्दाकिनेर खान सस्तो पर्ने र किन्दागर्व गर्ने संस्कृति बनेको छ ।
प्रतिक्रिया दिनुहोस्