२०८१ भाद्र २३
                           

हाम्रो जन्मभूमिको ८३ हजार आर्थिक सहयोग

असार १७, संधै घरगोठ गर्दै आई रहेको ओखलढुङ्गा मोलुङ गा.पा. ८ का अजिव राई २०७९ साल वैसाख १४ गते वेलुका गोठमा बस्तुलाई घाँसपात गरेर फर्कने क्रममा भिरबाट खसेर अचेत भएको खबर सुन्दा वहाँको श्रीमति पनि केही छिन बेहोस भईन । एक्कासी भिरबाट खस्दा अजिवको हातखुट्टा मात्र भाँचिएन छातीको ७ वटा करङ्ग र ढाड पनि भाँचिएको छ । महिनौको उपचारपछि वल्ला वहाँ बोल्न सक्ने सम्म हुनु भएको छ । तर अहिले पनि वहाँ चल्न चटपटाउन सक्नु हुन्न ।
न्यूज अभियान डटकममा समाचार छापिएसंगै स्थापना काल देखीनै सामाजिक सेवामा सक्रिय हाम्रो जन्मभूमिले वहाँको लागि आर्थिक सहयोग गर्न पहल लिएको थियो । नभन्दै छोटो समयमै सहयोगी मनकारी सदस्यहरु र शुभचिन्तकहरुबाट संकलित रु ८३ हजार रुपयाँ आज वहाँकै निवासमा पुगि पिडितलाई हस्तानतरण गरेको छ ।
संस्थाका अध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा उक्त रकम  काठमाडौं स्थित आलपोट कृष्णचौर स्थित निवासमा गएर हस्तानतरण गरेको हो । उक्त आर्थिक सहयोग हस्तानतरण कार्यक्रममा ंसंस्थाका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, सहसचिव सुमित्रा न्यौपाने, कोषाध्यक्ष नारायण श्रेष्ठ, केन्द्रीय सदस्य रिता देउजा थापा, अमर बहादुर राई, विमारीको आफन्त चिना राई, सुजन राई, ललि कुमारी सुनुवार आदीको उपस्थिति रहेको थियो ।
उक्त रकम संकलनको क्रममा संस्थाका सदस्य तथा शुभचिन्तक चुणामनी पोखरेलले गहन भूमिका निभाउने भएको जानकारी संस्थाका अध्यक्ष गिता श्रेष्ठले वताउनु भएको थियो । सम्पूर्ण सहयोगि मनहरुलाई हार्दिक धन्यबाद सहित भावि दिनहरुमा पनि संस्थाले अपिल गर्दा यस्तै सहयोग र सदभावको अपेक्षा गर्नु भएको छ ।
रकम ग्रहण पश्च्यात सहयोग गर्नुहुने सम्पूर्ण सहयोगि मनहरुलाई पिडितको पक्षबाट धन्यावाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्