२०८१ भाद्र २३
                           

बालिकालाई करणी गरेको आरोपमा एक वृद्ध पक्राउ

असार १७, जवरजस्ती करणी गरेको आरोपमा सिन्धुपाल्चोकका एक वृद्ध पक्राउ परेका छन् । असार १३ गते दिउसोको समयमा पीडितकै घरमा जवरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । हजुरबुबा नाता पर्ने ८१ वर्षका बृद्धले ११ वर्षकि बालिकालाई जबरजस्ती करणी गरेका थिए ।

सिन्धुपाल्चोक जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्