२०८१ भाद्र २३
                           

पर्यटकको रोजाइ सिन्धुपाल्चोक मगुवाको भुत छाँगा

२० असार ,
सुन्दै ज्यान नै झसङ्ग हुने नाम हो भुत । भुत भन्ने बितिकै मान्छेको मन नर्तर्सेला भन्न सकिन्न । सिन्धुपाल्चोकमा एउँटा यस्तो छाँगा छ ,जसको नामकरण गरिएको छ भुत छाँगा । जुन ठाउँको नामले सो छाँगामा जाने आट जो कोहिले नर्गलान् । तर नाम अनुसारको ठाउँ भने देखिदैन् ।
यो हो सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारासागाँचोकगढी नगरपालिका वडा नंÞ ७ मगुवामा अवस्थित रहेको भुत छाँगा । ओझेलमा पदै गएको भुत छाँगाल ेपछिल्लो समय ह्रवातै पर्यटक तान्न थालेको छ ।
सदरमूकाम चौताराबाट करिब सात किलोमिटरको दुरीमा रहेको यो छाँगामा जानेहरुको अहिले लर्को लाग्ने गरेको छ । वरिपरि हरिया पहाडी जङ्गलले घेरिएको कोप्चो गहिरो ठाउँ, झण्डै ८० फिटमाथिबाट खसेको पानीको फोहोरा,सानो बगरले जो कसैलाई पनि आनन्दित तुल्याउँछ नै ।
विषेश गरी त सामाजिक सञ्जालको माध्यमबाट गर्मी समय भएका कारण पनि यस छाँगामा रमाउन टाढाटाढाबाट मानिसहरु पुग्न थालेका छन् ।अन्य दिनको तुलनामा शुक्रबार र शनिबार यहाँ आन्तरिक पर्यटक आउने गरेका छन् । अधिकांशले टिकटक र फेसबुकको माध्यमबाट थाहा पाएपछि रमाइलो गर्न यस छाँगामापुगेको बताएका छन् ।

हाईकिङका लागि पर्यटकको रोजाई
हाईकिङका लागि समेत सिन्धुपाल्चोकको यो क्षेत्र उपयुतm छ । असार १९ गते शनिबार द वाकर्स  The Walkers  को टोली काठमान्डौबाट चौतारा सदमुकाम आइपुग्यो । सदरमुकाम चौतारा बजारबाट आकर्षक हजार सिँढी उक्लँदै आरामदायी यात्रासँग पुग्न सकिने ६७ फिट अग्लो बुद्धपार्र्क हुदै गौरातीमन्दिर भ्रमण गरी टोली चौतारा तिरै फर्कियो । चौतारा हुँदै त्यहाँबाट झण्डै ७ किलोमिटरको यात्रापछि भुत छाँगा झरना पुगे ।
१५जनाको टोली सहित झरनामा पुगेका काठमान्डौ महानगरपालिकाका विनोद कार्कीले यहाँ घुम्न आउँदा रमाइलो लागेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘फेसबुकमा फोटो देख्दा घुम्न मन लागेको थियो,’ कार्कीले  भन्नुभयोे,  शनिबारको फुर्सदको मौका पारेर टोलीनै आयौँ । छाँगामै पुगेर नुहाउँदा निकै रमाइलो लाग्यो ।’
काठमाडौंकै राजेस शर्माले पनि झरना घुम्ने अवसर मिलेकोमा खुशी लागेको बताउनुभयो । ,‘शर्माले भन्नुभयोे, ‘पहिला पहिला नि चौतारा आयौँ तर यहाँ यस्ता यस्ता रमणीय ठाउँ छन् जस्तो लागेको थिएन् । अहिले त बुद्ध पार्क देखियो , गौरती भिमसेन मन्दिर ,सगैँभुत छाँगा पुगियो धेरै रमाइलो भयो ठाउँ पनि राम्रो रहेछ ।मलाई यो भुत छाँगाको नाम सुन्दा जाउँजाउँलागेको थियो यो रहर पुरा भयो ।’


पछिल्लो समय बिभिन्न ठाउँबाट समेत पर्यटकहरु घुम्न आउन थालेका छन् । धेरै त टिकटक बनाउन र फोटो खिच्नका लागि मात्र झरना पुग्छन् ।अहिले यो झरना बालकदेखि युवायुवतीको प्रमुख रोजाइ नै बनेको छ ।एकाएक आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भएपछि चौतारा सागाँचोकगढी नगरपालिकाले छाँगालाई व्यवस्थित बनाउन थालेको भुत छाँगा ब्यवस्थापन समिति अध्यक्ष निराजन थापा मगरले बताउनुभयो ।
चौतारा सागाँचोकगढी नगरपालिका वडा नं ७ का पुर्व वडा अध्यक्ष उमा प्रसाद दुलालले भुत छाँगामा पर्यटकको चहलपहल बढ्न थालेपछि पूर्वाधार विस्तारको कामपनि थालिएको बताउनुभयो । ‘हामीयहाँ घुम्न आउने पर्यटकलाई मध्यनजर गरेर सडक, बाटोघाटो, अन्यपूर्वाधारको विस्तार गर्दै व्यवस्थितबनाउन योजनामा अघि बढेएका थियौ । ’


खाना खाजा खाने स्थल ,पिकनिक स्पोर्ट बनाएर थप व्यवस्थित गर्न सकियो भने आन्तरिक र बाह्य पर्यटकको गन्तव्यनै बन्न सक्ने द वाकर्स ग्रुपका सन्दिप शाक्यले बताउनुभयो ।
चौतारा अहिले भर्जिन पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । सुकुटे आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई एक दिन एक रात राख्ने योजना नगरपालिकाको छ । सांगाचोकको गढी,इर्खुको रानीपोखरी, भुत छाँगा , कदमबासको प्याराग्लाइडिङ गराई बुद्ध पार्क, गौराती मन्दिर हुदै हर्लङबर्लङ मन्दिर दर्शन गराई त्यहाँको चमेरो गुफा देखाउने र ओख्रेनिको चिया बगान हुदै होम स्टेको आनन्द दिने निति नगरपालिकाले ल्याएको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्