२०८१ भाद्र २३
                           

तामाङ जातिको महत्व झल्काउने डम्फु बनाउन सिक्दै युवा

असार २० — चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा ९ जनालाई डम्फु बनाउने तालिम दिएको छ । तामाङ जातिको महत्व झल्काउने डम्फु बनाउनका लागि दुइ दिने तालिम दिइएको हो । तालिममा सहभागीहरुले डम्फु बनाएका थिए । लामाचौर टोल विकास समितिको आयोजना तथा नेपाल आदिबासि जनजातीमहासघ नगर समन्वय समिति परिषदको सम्मन्वयमा तालिम संचालन गरिएको हो । तामाङ जातिले डम्फुको प्रयोग ल्होछार , विहे, छेवार लगायतका शुभकार्यमा बजाउने नाच्ने काममा प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्