२०८१ भाद्र २३
                           

विश्व कीर्तिमानी सिन्धु पुत्र शम्भु तामाङको निधन

असार २३, सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेका सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका– २ का विश्व कीर्तिमानी आरोही शम्भु तामाङको निधन भएको छ ।

हरिसिद्दीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा उँहाको निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित तामाङको ७० वर्षको उमेरमा बिहीबार बिहान १० बजे निधन भएको परिवारले जनाएको छ । उहाँले १७ वर्ष ६ महिना १५ दिन उमेरमा सगरमाथा आरोहण गर्नुभएको थियो । तामाङले सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा नाम राख्न सफल बन्नुभएको थियो।

उहाँले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । सगरमाथाको शिखर चुम्दा तामाङ मात्रै १७ वर्ष ६ महिना १५ दिनको हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्