२०८१ भाद्र २३
                           

बस्ती संरक्षणका लागि मेलम्ची करिडोरमा तटबन्धको काम धमाधम

असार २७, नदी कटानको उच्च जोखिममा परेको मेलम्ची खोला आसपासका बस्तीमा ग्याबिन जालीसहितको पक्की तारजाली लगाउने काम अहिले पनि धमाधम भइरहेको छ । चार हजार घरधुरीको बसोबास रहेको यसक्षेत्रकमा हिउदमा खतरामुक्त रहेपनि बर्खामा भने नदी कटानका कारण सधै जोखिममा हुने गरेको छ । गत वर्षको असारमा मेलम्ची खोलामा आएको बाढीले उर्वराभूमि जमिन र बस्ती कटान गर्दा स्थानीय पीडित बनेका छन् । स्थानिय घरखेत नै बाढीले बगाएपछि १३ महिनादेखि बास र गाासको समस्या झेल्दै आएका छन् । अहिले तटबन्ध निर्माणले उनीहरुलाई केही राहत महशुश भएको छ ।
तटबन्ध निर्माण भएका क्षेत्रका स्थानीय ढुक्क भएपनि तटबन्ध नभएका क्षेत्रका स्थानीय भने अझै त्रसित छन् । अबिरल बर्षा हुदा मेलम्ची भेगका स्थानीय अझै बाढीको जोखिम र कटानको चपेटामा छन् । आकासे पानी पर्न थालेपछि मेलम्ची नदीको सतह उर्लेर आउछ । हेलम्बुदेखि मेलम्ची क्षेत्रमा बाढीको जोखिम कायमै छ । अहिले बस्ती क्षेत्रको १२ स्थानमा तटबन्ध निर्माण भैरहेको मेलम्ची नगरपालिकाका मेयर आईतमान तामाङको भनाई छ । यस क्षेत्रका बासिन्दा यो वर्ष ढुक्कले निदाउन पाउने जनप्रतिनिधिको विश्वास छ ।
तर जब लगातार वर्षा सुरु हुन्छ र मनसुन सक्रिय हुन थालेको खबर आउँछ, तब हेलम्बु, मेलम्ची र पाँचपोखरी थाङपाल गाउँपालिकाका बासिन्दाको मुहारमा अध्यारो छाउछ  । हेलम्बुदेखि मेलम्चीसम्मको तटीय क्षेत्र खण्डहर बगर बनेको छ । जलाधार, भूसंरक्षण र प्रदेश सरकारबाट विनियोजित थोरै रकम ‘हात्तीको मुखमा जिरा’ झैँ भएको छ ।
बाढीको त्रासमा विस्थापित स्थानीय आज पनि रात परेपछि सुरक्षित ठाउँको खोजीमा भौँतारिनुपरेको छ । भेमाथाङभन्दा मुनि हेलम्बुसम्मै तटीय क्षेत्रको जमिन कटानमा परेर चिराचिरा परेको छ । मौसमजन्य गतिविधि बढ्नासाथ फेरि बाढी आउने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्