२०८१ भाद्र २३
                           

रेडक्रसको जिल्ला र प्रदेश शाखाले केन्द्रमा हस्तक्षेप गर्ने

असार ३०- नेपाल रेडक्रस सोसाइटीको जिल्ला र प्रदेश शाखाले केन्द्रमा हस्तक्षेप गर्ने भएको छ । काठमाडौँमा बिहीबार आयोजित पत्रकार सम्मेलन आयोजित कार्यक्रममा उनीहरूले केन्द्रमा भएको अस्तब्यस्तप्रति चिन्ता व्यक्त गर्दै  हस्तक्षेप गर्ने बताएका हुन् ।

नेपाल सरकारद्वारा गठन गरिएको नेत्र प्रसाद तिमिल्सिनाको कार्यसमितिको म्याद समाप्त भइसक्दा पनि कानुनी अड्चन ल्याएर नेपालको रेडक्रस अभियानलाई अस्तब्यस्त बनाएको जिल्ला र प्रदेश शाखाले आरोप लगाएका छन् ।

केन्द्रीय कार्यालयमा तोडफोड गर्ने, गैर रेडक्रसकर्मीलाई प्रवेश गराइ कर्मचारीमाथि हातपात गर्ने जस्ता कार्यको शाखाहरूले विरोध जनाएका छन् । उनीहरूले पूर्व अध्यक्ष तिमिल्सिनाबाट भएकोमा उक्त कार्यको आपत्ति जनाएका छन् ।

आफैँलाई स्वघोषित अध्यक्ष घोषणा गर्ने र होटेल रेष्टुरेन्टमा बैठक गर्ने, रेडक्रसको छाप प्रयोग गरी अवैधानिक निर्णयहरू प्रेषित गर्दै अन्याेल सिर्जना गर्ने कार्य तत्काल रोक्न समेत ६८ जिल्ला शाखा एव सातै प्रदेशहरूले प्रेस वक्तव्य मार्फत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्