२०८१ भाद्र २३
                           

यो आर्थिक वर्षमा ५८.७६ प्रतिशत मुद्धा फछ्र्यौट

असार ३१ — सिन्धुपाल्चोक जिल्ला अदालतमा यो आर्थिक वर्षमा १ हजार २ सय ५ वटा मुद्धा दर्ता भएका छन् । चालु आर्थिक वर्ष साउन देखि असार मसान्त सम्ममा १२ सय ५ मुद्धा दर्ता भएका हुन् । यसैगरि अघिल्लो आर्थिक वर्षको ४ सय ९१ मुद्धा जिम्मेवारी सरिआएको बताइएको छ । अघिल्लो आर्थिक वर्षमा जिल्ला अदालत सिन्धुपाल्चोकले४१ प्रतिशत मात्र मुद्धा फछ्र्यौट गरेकोमा यो आर्थिक वर्षमा ५८.७६ प्रतिशत मुद्धा फछ्र्यौट गरीएको छ । स्थानिय तहको निर्वाचन, कोभिड जस्ता कारणले ९ महिना मात्र कार्यसम्पादन गर्न सकिएको जिल्ला न्यायाधिश चन्द्र प्रकास तिवारीको भनाई छ ।
चालु आर्थिक वर्षका साउन देखि असार मसान्त सम्ममा महिला सम्बन्धी ६ सय ४४ लगतमा ३ सय ७ मुद्धा फछ्र्यौट भएको छ । जेष्ठ नागरिक सम्बन्धी १५ लगतमा ३ मुद्धा फछ्र्यौट भएको छ । यसैगरि यस अवधिमा जवरजस्ती करणी उद्योगमा नियोजित मुद्धा समेत आएका छन् । जिल्ला न्यायाधिश तिवारीका अनुसार जबरजस्ती करणीमा पीडितले अदालतमा पीडक भनि दिएको उजुरीमा आफुलाई दबाबमा पारेको बयान समेत दिएको घटना छ । १७ वर्षकी किशोरीले अभिभावकको दबाबमा आफ्नो प्रेमीमाथि उजुरीमा हस्ताक्षर गरेपनि अदालतमा आउदा बयान फेर्दै पीडक भनिएको ब्यक्तिको कुनै गल्तीकै नभएको भनि बयान दिएकी थिइन् ।
यस्तै मेलमिलापको लागी पठाइएका ७७ विवरणमा २२ वटा केश सफल भएका छन् । जसमा अधिकाशं सम्बन्ध विच्छेदका घटना रहेको अदालतको भनाई छ । विशेष गरि अधिकांश सम्वन्ध विच्छेदका मुद्धामा मिलापत्र गराइएको पाइएको छ । विगतमा पुरुषहरु सिधै सम्वन्ध विच्छेदका लागि अदालत पुग्न सक्ने व्यवस्था नभएपनि नयां व्यवस्थामा त्यसलाई राखिएपछि पुरुषहरुको निवेदन वढेको छ ।

प्रतिक्रिया दिनुहोस्