२०८१ भाद्र २३
                           

पाँचपोखरी थाङपाल गाउँपालिकाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

असार ३२, पाँचपोखरी थाङपाल गाउँपालिकाले आ. व. २०७८÷०७९ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आठै वडाका वडाअध्यक्ष कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो । आ.व. २०७८÷७९ मा भएका प्रमुख उपलब्धिहरूका विषयमा छलफलका क्रममा पालिकाका विषयगत शाखा आठै वडाका वडा सचिबहरुले वर्षभरि भए गरेका कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

यसै क्रममा पाँचपोखरी गाउँपालिका क्षेत्रभित्र विगत ९ वर्ष देखि यस भेगका जनताको सेवा मा समर्पित भएर कार्य गर्दै आउनुभएका हाल योजना शाखा प्रमुख रामप्रसाद न्यौपाने पाँचौ तहबाट तहवृद्धि भई छैटौँ हुनुभएको बधाई सहित पालिकाका अध्यक्ष, उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकिय अधिकृत दिनेशकुमार पोखरेल सहितले प्रमाण–पत्र प्रदान गर्नु भएको थियो ।

गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा पालिकाका अध्यक्ष टासी लामाको अध्यक्षतामा भएको थियो भने पालिकाका प्रमुख सल्लाहकार शिशिर वाईबाले अथितिको आसन ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्