२०८१ भाद्र २३
                           

जुगल बोर्डिङ स्कूलमा सुरु भयो एनसीसी तालिम

चौतारा/ नेपाली सेना गोरखबक्स गण चौताराले सदरमुकामस्थित जुगल बोर्डिङ हाइस्कूलमा राष्ट्रिय सेवा दल एनसीसी जुनियर डिभिजन तालिम सुरु गरेको छ । जुगल बोर्डिङ हाइस्कूलको अनुरोधमा उक्त सञ्चालन भएको हो ।

तालिम अन्तर्गत प्रथम प्रबचन कार्यक्रमको चौतारा साँगाचोकगढी नगरपालिकाकाकी उपमेयर सीथा थाापाले आइतबार उद्घाटन गर्नुभयो । सो अवसरमा उपमेयर थाापाले प्रशिक्षार्थीहरुले तालिमपश्चात जुन सीप र दक्षता हासिले गर्ने छ, समस्या परेको बेला तत तत विद्यार्थीहरुले सो समयमा कर्तव्यपरायण भएर प्राप्त दक्षताको भरपुर प्रयोग हुनेमा विश्वास गर्नु भयो ।

नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले तालिम सर्टिफिकेटका प्राप्तिका लागि नभइ सामाज र समुदायको विकासका लागि सदुपयोग गर्न शिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । चौतारा साँगाचोकगढी नगरपालिका नगर शिक्षा शाखा अधिकृत बसन्तराज जोशीले एनसीसी तालिमको महत्वको बारेमा चर्चा गर्नुभयो भने वडा न ५ का वडा सदस्य रामबहादुर घलेले वडाको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सेनानी बासु थापाले तालिमको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो । तालिममा विद्यालयबाट ३६ जना विद्यार्थीहरु सहभागि भएको र तालिम सय दिनसम्म हुने प्रिन्सिपल ओमप्रकाश तिवारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्