२०८१ भाद्र २३
                           

जुरे पीडितका लागि जनस्तरबाट संकलित रकम फुकुवा

साउन १ — सरकारले जुरे पहिरो पीडित समुदायका लागि जनस्तरबाट संकलित रकम फुकुवा गर्न स्वीकृत दिने निर्णय गरेको छ । पहिरोपीडितका लागि देश विदेशबाट दाताले दिएको रु दुई करोड २४ लाख राहत रकम आठ वर्षसम्म सरकारी खातामा रोक्का भएर बसेको थियो । पहिरोपीडितको राहत रकमका लागि पटक–पटक पहिरोपीडित जिल्ला प्रशासन कार्यालय धाए, गृह मन्त्रालयसम्म पनि धाइरहे । सात वर्षसम्म पनि जसका नाममा पैसा सङ्कलन भयो उनीहरुले नै पाउन सकेका थियनन् ।
सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा असार ३१ गतेको मन्त्री परिषद बैठकले जुरे पहिरो पीडित समुदायका लागि जनस्तरबाट संकलित रकम फुकुवा गर्न स्विकृति दिने निर्णय गरेको हो ।
तेश्रो पटक मंन्त्रीपरिषदले जुरे पहिरो पिडितको लागि जनस्तरबाट संकलित रकम पिडितहरुले पाउने गरि फुकुवा गरेको छ । पहिलो पटक फुकुवा हुँदा स्थानिय प्रशासनले राजनैतिक दवावमा परेर कार्यान्वयन गर्न नसकेको स्रोतको भनाई छ । प्रदेस सभा सदस्य सरेश नेपालले सबैलाई दामासायीरुपमा बाढ्नु पर्ने दबाब दिनेहरुले नै बिबाद खडा गरको दावि गर्नुहुन्छ । त्यो समयमा ६ महिनासम्म आलटाल गरेर फर्काईएको थियो । दोश्रो पटक भुकम्प पिडितको लाभग्राही सुचिमा नाम नभएकोलाई मात्रै भनी ससर्त फुकुवा भनियकै कारण बिबाद कारण देखिदा निर्णय कार्यान्वयन हुन सकेको थिएन ।
बाधाक÷समस्या जिल्लामा रहेको नेतृत्वमा र मापदण्डमा रहेको बलेफी ८ का पुर्व वडा अध्यक्ष चरी बहादुर तामाङको तर्क छ । फुकुवा भएको रकम छिटोछरितो तरिकाबाट पिडितको खातामा नगद हालिदिने ब्यबस्था हुनुपर्ने उहाँको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्