२०८१ भाद्र २३
                           

डिआइजी बज्राचार्यको उपस्थितिमा अन्तरकृया, बढ्दो दुव्र्यसनीको विषयमा चिन्ता

साउन १,  जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले आयोजना गरेको अन्तरकृया कार्यक्रममा बढ्दो लागु औषध दुव्र्यसनी नियन्त्रणका लागि प्रहरीले सकृयता देखाउनु पर्ने सहभागिहरुले बताएका छन् । बागमति प्रदेशका डिआइजी किरण बज्राचार्यको उपस्थितिमा भएको अन्तरकृया कार्यक्रममा अधिकाँश सहभागिहरुले लागु औषध दुव्र्यसनी बढ्दै गएको निष्कर्ष निकाल्दै सो को समाधानका लागि प्रहरीको सकृयाता आवश्यकता रहेको औल्याएका हुन् ।
खासगरि सदरमुकाम चौतारा र पर्यटकीय क्षेत्र सुकुटेमा दुव्र्यसनीको संख्या बढ्दै गएको र समयमै नियन्त्रण गर्नु पर्ने सहभागिहरुको माग रहेको थियो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्थाको बारेमा चर्चा गर्दै बढ्दो दुव्र्यसनी नियन्त्रणका लागि प्रहरीको सकृयताको आवश्यकता रहेको उल्लेख गरे । अध्यक्ष श्रेष्ठले स्थानीयको मागको आधारमा र प्रहरी प्रशासनले आवश्यकताको आधारमा ठाउँ छनौट गरि प्रहरी विटको व्यवस्थापन गर्न पनि आग्रह गर्नु भयो । चौतारा बहुमुखी क्याम्पसका प्रमुख नगेन्द्रप्रसाद दंगालले विद्यालय पढ्दै गरेका विद्यार्थीहरु पनि दुव्र्यसनीको कूलतमा फसेको चिन्ता व्यक्त गर्दै समयमै दुव्र्यसनी नियन्त्रणका लागि पहल हुनु पर्नेमा जोड दिनु भयो ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का अध्यक्ष शिव श्रेष्ठ, जिल्ला बारका अध्यक्ष भूपेन्द्र थिङ, मानवअधिकारकर्मी नातिबाबु धिताल, जुगल बोर्डिङ हाईस्कूलका प्रिन्सिपल ओमप्रकाश उप्रेति, नेवा दे दबुका केन्द्रीय सचिव हरिकुमार श्रेष्ठ, रिना श्रेष्ठ, महिला सञ्जालकी तारादेवी राणा, मिना नेपाल, विमला श्रेष्ठ लगायतका सहभागिहरुले शान्ति सुरक्षा र प्रहरी गतिविधिको बारेमा जिज्ञासा सहित आवश्यका सुझाव पनि दिनु भएको थियो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले शान्ति सुरक्षा र अमनचयनका लागि नगरपालिका प्रहरीसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो भने उठेका समग्र प्रश्नहरुको जवाफ दिंदै डिआइजी बज्राचार्यचार्यले शान्ति सुरक्षा र अमनचैनका लागि प्रहरीले कुनै बाँकी नराख्ने प्रष्ट पार्नुभयो । उहाँले सबै समस्या र प्रश्नहरु नोट गरेको बताउँदै समाधानका लागि सिन्धुपाल्चोक प्रहरीलाई निर्देशन दिने पनि प्रतिवद्धता जाहेर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्