२०८१ भाद्र २३
                           

नवलपुर प्राथमिक अस्पतालका डा पाण्डेय माथी कार्यकक्षमै हातपात

नवलपुर ,साउन २-  इन्द्रावती गाउँपालिकाकाे नवलपुर प्राथमिक अस्पतालमा कार्यरत कार्यालय प्रमुख डा. धर्मेन्द्र पाण्डेय माथी हातपात भएकाे छ । शाेमवार दिउँसाे १२:३५ बजेकाे समयमा उहाँ माथी  हातपात भएकाे हाे ।

बिरामी जाँच्ने कक्ष भित्रै गएर नवलपुर प्राथमिक अस्पतालका पुर्व एम्बुलेन्स चालक चुन बहादुर रानामगर ले डाक्टर माथी अभद्र व्यवहार, गाली -गलौच र हातपात गरेको अस्पताल द्वारा जारि गरिएकाे बिज्ञप्तीमा भनिएकाे छ ।

उक्त दोशी व्यक्तिलाई कारवाही गरी छानबिन नहुन्जेल सम्मको लागी नवलपुर प्राथमिक अस्पताल बाट प्रवाह हुने आकस्मिक सेवा बाहेकका सबै सेवा अनिश्चितकाल सम्म को लागी बन्द रहने समेत बिज्ञप्ती मार्फत अस्पतालले जानकारी गराएकाे छ ।

ती हातपात गर्ने ब्यक्ति अहिले फरार रहेका छन । इलाका प्रहरी कार्यालय नवलपुरका सई कुमार चाैलागाईकाे टाेली बाहुनेपाटी सम्म पुग्दा समेत हातपात गरि फरार ब्यक्ति नभेटिएकाे बताईएकाे छ ।

“नाकमा हान्न खाेजेकाे थियाे म छलिएँ, दाहिने कन्चटमा लागेकाे छ”, डाक्टर पाण्डेयले भन्नुभयो । अस्पतालका स्टाफहरू सबै घटनास्थलमा थिए ।

प्रतिक्रिया दिनुहोस्