२०८१ भाद्र २३
                           

चौतारामा २ सय ५० शिशुका लागि पौष्टिक आहार वितरण

साउन ४ — चौतारा साँगाचोकगढी नगरपालिका ५ मा ६ महिना देखि २३ महिना सम्मका बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ । बलियो नेपालको प्रायोजनमा लायन्स क्लब अफ काठमाण्डौ सिन्धु चौतारा सिटीको आयोजनामा चौताराका २ सय ५० जना शिशुका लागि पौष्टिक आहार वितरण गरिएको हो । प्रत्येक शिशुलाई ३० दिनको लागि पुग्ने पौष्टिक पिठो वितरण गरीएको लायन्स क्लब अफ काठमाण्डौ सिन्धु चौतारा सिटीका अध्यक्ष सन्देश श्रेष्ठले बताउनुभयो ।
बालबालिकाको क्षेत्रमा गरेको अहिलेको सानो लगानीले भविष्यमा ठुलो प्रतिफल पाउने भएकोले यस्तो कार्यक्रम आयोजना गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

पौष्टिक आहार वितरण कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा, वडा नंम्बर ५ का अध्यक्ष शिव श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ लगायतले क्लबको कार्यको प्रशंसा समेत गरेका छन् । नगर प्रमुख सापकोटाले बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउनको लागि पौष्टिक आहारमा नगरपालिकाले प्राथमिकता दिएर काम गर्ने उल्लेख गर्नुभयो ।
बालबालिकाको अवस्थामा सुधार गर्दै कुपोषण दरलाई न्युनिकरण गर्ने प्रमुख उद्देश्य रहेको बलियो नेपालका सिइयो डक्टर अतुल उपाध्यायले बताउनुभयो । पौष्टिक आहार लिन आएका बालबालिकाका अभिभावकलाई सिइयो उपाध्यायले जन्मेदेखि २ वर्ष उमेरसम्मका बालबालिकाको उचित स्याहार भएमा उनीहरू भविष्यको बलियो शक्ति हुने बताउनुभयो ।
सहयोगी निकायले उपलब्ध गराएको सहायताले केहि समयका लागि नागरिकहरुलाई सहज गराएको तथा चेतना फैलाएको वडा अध्यक्ष शिव श्रेष्ठको भनाई थियो । तयारी पौष्टिक आहारको प्याकेटलाई उपयोग गर्दा खुला गरि सकेपछि एकै पटक पुरा खान नसकेको अवस्थामा प्याकेटलाई खुला नराखि हावा नछिर्ने भाँडोमा राख्न सुझाव दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्