२०८१ मंसिर ७
                           

बाढिका कारण मेलम्ची–हेलम्बु सडकखण्डमा अवरोध  

साउन ५ — गएरातिको वर्षासँगै आएको बाढिले मेलम्ची–हेलम्बु सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा बाटो बगाएको छ । बाढीले बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ । हेलम्बुको चनौटेमा बाढिपछि बनाइएको बाटो भत्किएको स्थानियवासी बल्क्षित खड्काले जानकारी दिनुभयो । हेलम्बुको ढुङ्रेबजार र मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएपछि पैदल हिड्न पनि समस्या भएको मेलम्चीका श्याममणि चालिसेले बताउनुभयो । गएराति भारी वर्षा हुँदा हेलम्बुका ग्याल्थुम तथा मेलम्ची खोला तटिय क्षेत्रका बासिन्दाले घर छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्