२०८१ भाद्र २३
                           

सुन्दरीजलस्थित खोलामा तौथलिका एक किशोर डुबेर बेपत्ता

साउन ८, सुन्दरीजलस्थित खोलामा डुबेर सिन्धुपाल्चोकका एक किशोर वेपत्ता भएका छन् ।त्रिपुरासुन्दरी गाँउपालिका तौथलि घर भई हाल बुढानिलकण्ठ नगरपालिका १२ कपन राधाकृष्ण मन्दिर नजिकै बस्ने १६ वर्षीय शुभमश्री प्रधान बेपत्ता भएका छन् । प्रधान शनिबार अपराह्न करिब ४ बजेदेखि बेपत्ता भएको प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो।

उहि उमेर समुहका सातजना केटाहरू घुम्न सुन्दरीजल गएका मध्ये प्रधान बेपत्ता छन् । रातिको समयमा खोजीकार्य असम्भव भएकाले पुनः बिहानै देखि खोजीकार्य सुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्