२०८१ भाद्र २३
                           

भिर बाट लडि इन्द्रावती नदिमा खस्दा दुई जनाको मृत्यु

साउन ९, सिन्धुपाल्चोकमा भिर बाट लडि इन्द्रावती नदिमा खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलम्ची ११ का बिष्णु प्रसाद चालिसेका ५ बर्सका छोरा विशेष चालिसे र मृतक बालककी ठुलिआमा चौतारा साँगाचोकगढी ७ सानुसिरुवारीका ५५ वर्षीय गोमा धिताल रहेका छन् । माइत जाने क्रममा इन्द्रावती ५ कोइरालटार भिर बाट लडि इन्द्रावती खोलाले बगाउँदा उनिहरुको मृत्यु भएको हो । दिउसो साढे तिनको समयमा झोलुङ्गे पुल क्रस गरेपछि उनीहरु चिप्लिएर लडेका थिए । दुबैको शब केही तल भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्