२०८१ भाद्र २३
                           

नवलपुर मुले ,नागरीकका दुख द्येरै

साउन ११, सिन्धुपाल्चोक जिल्लामा अझै पनि निकै दुर्गम क्षेत्रमा अवस्थित ठाउँहरु रहेको पाइन्छ। त्यस मध्य इन्द्रावती गाउँपालिका वडा नम्बर ४ नवलपुर मुले एक हो। यस ठाउँमा विभिन्न जातिको मानिसहरु जस्तै तामाङ, लामा, मगर, क्षेत्री, बाहुन, बि।क। लगायत जातिको मानिसहरु बसोबास गर्दै आएको बताउँछन। यस ठाउँमा करिब १५००(२००० को हाराहारीमा जनसंख्या रहेको देखिन्छ।

त्यसैगरी मतदानमा नमावली समावेश भएको नाम भने जाम ५०० को हाराहारी मा देखिन्छ। यो गाउँमा मानिसहरु मुख्यतय कृषिमा निर्भर भएको देखिन्छ। यश ठाउमा करिब ९०५ प्रतिशत मानिसहरु खेतीपाती गर्ने र ५५ प्रतिशत सरकारी जागीर र ५५ प्रतिशात व्यावसायिक देखिन्छन।

करिब लामो समय देखिनै कृषिमा विभिन्न नगदे बाली लगाउदै आएको स्थानीय बताउछ्न । धान,मकै,कोदो,गहु,फापर,तोरि आदि नगदे बाली लगाउदै आएको बताउछ्न। कृषिको लागि खेतीयोग्य जमिन पर्याप्त भएको ले यहाँको मानिसहरु खेतीपाती गर्दै आएको देखिन्छ। ९०५ मानिसले खेती गरेपनी राम्रो आम्दानी नभएको देखिन्छ प्राय सबै खाद्यबस्तु केनेरै प्रयोग गर्ने बताउछ्न। अहिले पछिल्लो समयमा जंगली जनावरको कारण खेतबारी को बाली सबै नस्ट गर्ने र भनेको जस्तो बाली भित्र्याउन नपाउद किसान दुखित छन। खेती सङसङै पशुपन्छी हरु पनि पलान गर्दै आएको किसानहरु बताउछन।
नाम सानो भएपनी यो गाउँ ठूलो रहेको स्थानीय बताउँछ। लगभग ६०५ जमिन जङ्गल ले ढाकेको रहेको छ। यहाँ बुद्ध सामुदायिक बन उपभोक्त समिति, झोम्पाखा सामुदायिक बन उपभोक्त समिति लगायत थुपरै बन तथा बुट्याया रहेको स्थानीय बताउँछन।

यो ठाउँ नेपाल को कर्णाली जस्तै नवलपुर को मुले रहेको छ। नत भने जस्तो मोटर बाटो छ नत खानेपानीको सुविधा छ नत गुणस्तरीय शिक्षानै। यश ठाउँमा विभिन्न क्षेत्रबाट बिधान हसिल गरेर आएको लामाहरु भए पनि एउटा गुम्बा पनि बनाउन सकेको छैन। गुणस्तरीय शिक्षा नभएको कारण आज सबै युवाहरु बिदेशीनु परेको छ। गाउँको ६०५ युवाहरू बिदेश मै रहेको स्थानीय बताउँछन।

यसठाउँको बालाकहरु सानै उमेरमा आफ्नो धर्म अनुसार लामा विधि अध्यापन गर्न भारत लगायत को रास्ट्र मा गएको पाइन्छ। यश ठाउँमा आधारभूत शिक्षा भने गाउँकै श्री भिम्सेन आधारभूत विद्यालय म अध्यन गर्ने गरिन्छ भने मा।वि। शिक्षा अध्यन गर्न ४०र५० मिनेट हिडेर बजार क्षेत्रमा जानू पर्छ। यश ठाउँको मुख्य धार्मिक र पर्यटनकिय स्थानहरु दारिगौड देवि मन्दिर,दारिगौड डाडा,देवि थान मन्दिर,पुरानो कुवा, आदि ठाउँहरुमा बाह्य तथा आन्तरिक पर्यटनहरु आउने स्थानीय बताउँछ।

प्रतिक्रिया दिनुहोस्