२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकमाकोरोना संक्रमित बढ्न थाले

साउन १४— सिन्धुपाल्चोक जिल्लामा कोराना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो दुई हप्ताको बीचमा संक्रमितहरुको संख्या आठ पुगेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
संक्रमितहरु मध्य ६ जनापुरुष र २ जना महिला रहेका छन् । संक्रमित सबै होम आइसोलेशनमा नै उपचार भइरहेको र अवस्था सामान्य रहेको स्वास्थ्य अधिकृत अनुप अधिकारीले जानकारी दिनुभयो । कारोना भाइरस संक्रमणको चौथो लहर सुरु हुने वित्तिक्कै जिल्लामा पनि संक्रमितहरु पनि बढ्न थालेपछि भोलिबाट पिसिआर परीक्षण सुरु हुने पनि उहाँले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्