२०८१ कार्तिक २
                           

‘क्यान्सर करी एन्ड मी,’ नेपाली अनुवाद

डा. अरुणा उप्रेती ÷साउन १६, अक्टोबर ‘स्तन क्यान्सर सचेतना’ महिना पनि हो । शुभेच्छा घिमिरे त्यसवेला ३२ वर्षकी थिइन् । उनलाई ३१ अक्टोबरकै दिन स्तन क्यान्सर भएको पत्ता लाग्यो । स्तन क्यान्सरसँग संघर्ष गरेकी शुभेच्छाले क्यान्सरसँग लड्दाका अनुभूति संगालेर एउटा पुस्तक लेखिन् । त्यो पुस्तक मेरो हातमा पर्‍यो । किताबको नाम पनि गजब रहेछ, ‘क्यान्सर करी एन्ड मी,’ अर्थात् ‘क्यान्सर, तरकारीको रस र म ।’ पुस्तक दुई दिनमै पढी सिध्याएँ । कति ठाउँमा आँखा रसायो । कति ठाउँमा आङ नै जिरिंग हुने घटनाले मन बिथोलियो ।
सन् २०२०मा ,अङ्रेजीमा यो किताब पढेर नेपालीमा अनुवाद गर्न पाए हुने थियो भनी लागेको थियो ।पूर्ण रुपमा अनुवाद गर्न मैले मात्र सकिन , सन् २०२२मा महेश पौड्यालाले अनुवाद गरे , र सम्पादन संयोजन मैले र युवराज नयाँघरेले गरे । यो किताब प्रकाशित भयो । मलाई निकै सन्तुस्ष्टी भयो ।
शुभेच्छाले लेखेकी छिन्, ‘ ‘क्यान्सर ठीक समयमा पत्ता लागे उपचार हुन सक्छ । चिकित्सा विज्ञानले कति प्रगति गरिसकेको छ । त। मेरो दाँया स्तन नक्कली छ । तर, मेरो संघर्षले मेरो मनको शक्ति बढाएको छ । म वरिपरिका व्यक्तिलाई, मेरो प्रकृतिलाई प्रेम गर्न सिकाएको छ । मैले जिन्दगीमा राम्रा पक्षलाई लिएर बाँच्न सिकेकी छु । रुमीले भनेका छन् घाउबाट नै प्रकाश छिर्छ, मेरा लागि क्यान्सर त्यो घाउ हो ।
शुभेच्छाको अनुभवले भन्छ, ‘क्यान्सर जसलाई, जुन वेला, जहाँ पनि हुन सक्ने रोग हो । उपचार राम्रोसँग पाए बाँचिन्छ । सकारात्मक सोच राखेर उपचार गर्दा छिटो निको हुन्छ,’
शुभेच्छाले पुस्तकमा लेखेकी छिन्, ‘मैले अति कठिन अवस्थामा पनि हार मानिनँ । दुःख र मानसिक पीडा मलाई नभएको होइन । मेरो पीडामा आमाबुबा झन् धेरै दुःखी हुनुहुन्थ्यो ।
तर, मेरो सकारात्मक सोचले मलाई ठीक गर्नमा धेरै मद्दत गर्‍यो । मेरो प्रगति देखेर डाक्टरहरू पनि छक्क परेका थिए ।’
शुभेच्छाका श्रीमान् राजले लेखेका छन्, ‘शुभेच्छाको अस्पतालमा उपचार गराउँदा मैले आफ्नो काम पनि अस्पतालबाटै गर्थें । म ल्यापटप अस्पतालमै ल्याउँथेँ र उनी सुतिरहँदा छेउमा बसी काम गर्थें ।’
शुभेच्छाले लेखेकी छिन्, ‘३२ वर्षीया युवतीको स्तन क्यान्सर हुुने कुरा मैले कहिल्यै सुुनेकी थिइनँ । मेरो परिवारमा आमापट्टिका कसैलाई पनि स्तन क्यान्सर छैन । जब डाक्टरले मलाई तिम्रो सेकेन्ड स्टेजको क्यान्सर छ भने म स्तब्ध भएँ । मैले राज ९श्रीमान्० को अनुुहार हेरेँ, उनको अनुुहार पहेँलो भइसकेको थियो ।’ शुभेच्छाले आफ्नो बाबुुलाई आफूलाई क्यान्सर भएको खबर सुनाउँदा बाबु कसरी रोए भनेर लेखेकी छिन् । त्यो पढ्दा मन थाम्न सकिन्न ।
शुभेच्छाको उपचारको क्रममा उनको आँखीभौँ, कपाल, रौंहरू मात्र झरेनन्, औँलाका नङहरू पनि खसे । हामीलाई नङ काट्दा अलि भित्रसम्म काटिए कति दुख्छ, औँलाको मासुमा केहीले छोयो भने सिरिंग हुन्छ । उनको त पूरा नङहरू नै झरे, एक–एक गरेर । उनले औँलामा टेप बेरिन् र अस्पताल गइन् । त्यो शारीरिक पीडा बयान गर्न नसकिने रहेछ ।
शुभेच्छा एक स्वस्थ युवती थिइन्, चुरोट, रक्सी नखाने, मासु एकदमै कम खाने । तर, कुनै पनि स्वास्थ्य समस्या नभएको मानिसलाई स्तन क्यान्सर भएको सुन्दा उनलाई ‘बज्रपात’ पर्‍यो ।
शुभेच्छाको रगतमा विष फैलिएर जीवन र मरणको दोसाँधमा पुग्न थालेकी पत्नीको अवस्थामा उनका श्रीमान राजले लेखेका छन्(
‘ शुभेच्छाको चौथो केमो थेरापी सिद्धिएपछि डाक्टरले नयाँ औषधि शुरु गरे । मलाई भनिएको थियो कि यदि शुभेच्छालाई ज्वरो आयो भने तुरुन्त अस्पताल ल्याउनु। उपचार गरेर उनका आमाबुबा काठमाडौँ उड्न एयरपोर्ट गए । सुलाई ज्वरो आयो । मैले तुरुन्त उनलाई अस्पताल लगें । उनको रगतमा विष फैलिएको रहेछ । उनको अवस्था साह्रै ‘नाजुक’ थियो ।
उनलाई अस्पतालमा उपचारका लागि राखियो । मलाई त्यहाँ कुर्न दिइएन । अनि म अस्पतालबाट निस्केर लामो बाटो हिँडेर घर पुगें । मेरा आँखा उनको केही दिनअघि खिचेको फोटोमा परे । मेरा आँखाबाट आँसु झरझर बगे । अनि मैले बुझें, उनीसँग बिताएको एक(एक क्षण कति बहुमुल्य रहेछ । “
यो किताब पढ्दा मैले उनको साहसको प्रशंसा बारम्बार गरेँ । किनभने ‘महिलाका लागि स्तन सुन्दरता र मातृत्वका लागि चाहिन्छ’ भन्ने मान्यता हाम्रो समाजमा छ । एउटा स्तन गुमाएर ‘नक्कली स्तन’ राखेको अनुभव उनले लेखेकी छिन्, ‘स्तन शल्यक्रिया गरेपछि मेरो दुई स्तन दुई थरीका जस्ता भए । मैले मेरा नक्कली स्तनलाई ‘जोकरको हाँसो’९जोकर्स स्माइल० नाम दिएँ ।’ आफैँलाई ‘मजाक’ गर्न सक्ने उनको स्वभावले सायद त्यो असीम वेदनासँग लड्न मद्दत पुग्यो ।
शुभेच्छाले पुस्तकमा उपचार गर्दा कस्तो–कस्तो किसिमको खानाले तंग्रिन सहयोग पुग्यो भनेर पनि लेखेकी छिन् । हजुरआमा र आमाले बनाएको खानाले उनलाई तंग्रिन मद्दत पुगेको पनि लेखेकी छिन् । उनको दुःखले भरिपूर्ण कथा पढेपछि खानाको कुरा पढ्दा म खुसी भएँ । उनले जाउलो, खिचडी, जिम्बु, टिमुर, थरी–थरीका दाल, इमली, बेसार, बिरेनुन, लसुन, प्याज आदिका बारेमा लेखेकी छिन् ।
नेपालीहरूका लागि सामान्य लाग्ने यस्ता खानेकुराले उनलाई कति मद्दत गरेछन् भन्ने पढ्दा नेपाली भोजन र आयुर्वेदको महत्वको बारेमा सहजै सिकक्छन् । उनलाई उपचार गर्ने डाक्टरले पनि उनलाई ‘बेसार, मरिच र दूध’ खान सल्लाह दिएको कुरा उनले मलाई नै सुनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्