२०८१ भाद्र २३
                           

चौतारामा सार्वजनिक शौचालय निर्माण गर्न अवलोकन

चैतारा ,साउन १७ – जिल्ला सदरमुकाम चौतारालाई व्यवस्थित र सुन्दर बनाउनका लागि चौतारा साँगााचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा देशबन्धुले बजार अवलोकन गर्दै संभाव्यताको अध्ययन गर्नु भएको छ ।
मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा अध्ययक्ष शिव श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ, सुरेश कसजू, नेपाली काँग्रेस चौतारा साँगाचोकगढी, नगर सभापति इन्द्रलोचन धिताल, माओवादी केन्द्रका श्यामकृष्ण श्रेष्ठ, वडा सदस्यद्वय कोमलबहादुर श्रेष्ठ, रामवहादुर घले, पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठ लगायतको टोलीले बजार अनुगमन गरेका हुन् ।
बजार अवलोकनकोको क्रममा सार्वजनिक शौचालयको अभाव झेलिरहेको चौतारामा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । चौतारा बसपार्क, मिलनचोक, शहिदचोक र टुँडिखेल आसपासमा हाललाई सार्वजनिक शौचालय निर्माणका लागि पहल गरिने मेयर सापकोटाले बताउनु भयो ।
साँगुरो सडक र बढ्दो सवारी साधनका कारण जहाँ पायो त्यहीँ सावारी साधन पार्किङ गर्ने प्रवृत्ति बढ्दै गएकोले व्यवस्थित पार्किङका लागि पनि नगरपालिकाले पहल गरिने भएको छ । हाललाई भएको सार्वजनिक जग्गालाई सदुपयोग गर्दै पार्किङ स्थलको रुपमा विकास गरिने र नपुग भएको खण्डमा निजी जग्गालाई भाडा लिएर भए पनि पाकिङङ स्थलको रुपमा विकास गरिने उहाँले बताउनु भयो ।
बजार अनुगमनको क्रममा देखिएको समस्या समाधान र बजार क्षेत्रलाई थप व्यवस्थित एवम् सुन्दर बनाउनका लागि स्थानीय संघसंस्था, वुद्धिजिवी र स्थानीय अगुवाहरुसँग छलफल गरि ठोस योजना र कार्यक्रम बनाउने नगरपालिकाको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्