२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोक आउने बसलाई पुरानो बसपार्कबाटै छुटाउन महानगरको अनुमति

साउन १८, सिन्धुपाल्चोक आउने बसलाई पुरानो बसपार्कबाटै छुटाउन महानगरको अनुमति दिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, पूर्व अरनिको यातयात प्रालिका पदाधिकारी र ट्राफिक महाशाखाबीच छलफलपछि पूर्व अरनिको यातयातले सिन्धुपाल्चोकमा छुट्ने बसहरुका लागि हाल निर्माणधीन टावर नजिकै टिकट काउण्टर राख्न अनुमति दिएको छ ।

काठमाडौं महानगरपालिकाले एक समयमा चार वटा मात्रै बस सञ्चालन गर्न पुरानो बसपार्कको प्रवेशद्वार छेउमा दुई वटा दक्षिण फर्केर र दुइ वटा गाडी पश्चिम फर्केर सञ्चालन गर्नका लागि काठमाडौं महानगरपालिकाले अनुमति दिएको हो । त्यस्तै, तिनकुने वागमती पुल छेउको टिकट काउण्टर हटाउने र पिक एण्ड ड्रपको मात्रै व्यवस्था महानगरपालिकाले गरेको छ ।

महानगरपालिकाले गरेको नयाँ व्यवस्थाअनुसार अब काठमाडौं–चौतारा, काठमाडौं– जलविरे, काठमाडौं–बाह्रविसे, काठमाडौं–तातोपानी लगायत सिन्धुपाल्चोकका विभिन्न स्थानमा जाने सवारी साधानहरु अब पुरानो बसपार्कबाटै छुट्ने गरी व्यवस्था मिलाएको छ ।

यसअघि सिन्धुपाल्चोक लगायत राजधानी पूर्वका विभिन्न जिल्लाहरुमा छुट्ने बसका लागि बसपार्कको व्यवस्था गरिएको थियो । पुरानो बसपार्कमा अहिले काठमाडौं टावर निर्माण भइरहेको छ । २०७३ सालदेखि निर्माण सुरु गरिएको उक्त टावर अहिलेसम्म निर्माणधीन अवस्थामा नै रहेको छ । पुरानो बसपार्कमा टावर निर्माण कार्य सुरु भएदेखि खुलामञ्चमा काठमाडौं उपत्यका र राजधानी पूर्वका जिल्लाहरुमा सञ्चालन हुने यात्रुवाहक बसका लागि बसपार्कको व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्