२०८१ भाद्र २३
                           

खेन्पो कमल भण्डारी नेपाल बौद्ध महासंघमा नयाँ अध्यक्ष चयन

साउन १८,  नेपाल बौद्ध महासंघका छैटौँ महाधिवेशनले खेन्पो कमल भण्डारीलाई नयाँ अध्यक्ष चयन गरेको छ । अधिवेशनले अध्यक्षमा खेन्पो कमल भण्डारीसहित १३ सदस्यको नयाँ कार्यसमिति चयन गरेको हो । सिन्धुपाल्चोकको राम्चेमा जन्मनुभएका खेन्पो भण्डारी ब्राम्हण कुलका हुनुहुन्छ । विपद भुकम्प , बाढी , पहिरो ,कोरोना पीडितका बेला र विपन्न परिवारलाई पनि भण्डारीको सहयोग ठूलो छ ।

महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाणले बौद्ध शिक्षाले दिगो शान्ति स्थापनामा गर्नमा ठुलो भूमिका खेल्ने भएकोले जनसमुदायसम्म बुद्धको शिक्षालाई पुर्याउनु पर्नेमा जोड दिनु भयो । त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध दर्शन, कला, साहित्य, इतिहासलाई थप व्यापक रूपमा अध्ययन, अध्यापन र अनुसन्धान केन्द्रको रूपमा विकास गर्दै बोद्ध शिक्षालाई बृहत बनाउनु पर्ने बताउनु हुदै यसका लागि मन्त्रलायको तर्फबाट गर्नु पर्ने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

विर्तमान अध्यक्ष आचार्य नुर्वु शेर्पाले बुद्ध जन्मेको देश भनेर प्रचार गर्नका लागि पनि यो महासंघ उपयुक्त हुने बताउनुभयो । महाधिवेशनबाट भोट भाषाको संरक्षण, संवर्द्धन, विकास, बौद्ध गोन्पा शिक्षाको नीति निर्माण तथा पाठ्यक्रम पाठ्यपुस्तक लेखन र नेपाल बौद्ध महासंघलाई विभिन्न क्षेत्रमा सहयोग गर्नु हुनेहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्