२०८१ भाद्र २३
                           

डाँडाकटेरीमा १४ घर पहिरोको उच्च जोखिममा

साउन १८,  मेलम्ची नगरपालिका –४ थकनीको डाँडाकटेरीमा १४ घर पहिरोको उच्च जोखिममा परेको छ । जोखिममा परेका १४ घरको आज नगर उपप्रमुख उमा प्रधान ,वडा अध्यक्ष संजिव तामाङलगायत जनप्रतिनिधी,प्राविधिकले अवलोकन गरेपछि तत्काल राहतका लागि नगर कार्यपालिकामा सिफारिस गर्न आग्रह गरिएको वडा सदस्य कमल तामाङले बताउनुभयो ।

कान्छाराम तामाङ, जितबहादुर तामाङ , रणबहादुर तामाङ, कृष्णबहादुर तामाङ, रामबहादुर तामाङको ५ घर परिवारलाई तत्काल स्थानान्तरणका लागि टेन्टको व्यवस्थापन गर्नु पर्ने देखिएको नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले बताउनुभयो । जोखिमको तह पनि बढिरहेको र विहान भन्दा दिउँसो झन जमिन भासिदै गएको देखिएको दुलालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्