२०८१ भाद्र २३
                           

डाँडाकटेरीमा पहिरोको जोखिममा रहेका परिवारलाई स्थानान्तरणका लागि सामाग्री हस्तान्तरण

साउन १९ — मेलम्ची नगरपालिका –४ थकनीको डाँडाकटेरीका पहिरोको उच्च जोखिममा रहेका ६ परिवारका लागि टेण्ट , त्रिपाल र प्लाष्टिक हस्तान्तरण गरिएको छ ।
डाँडाकटेरिका जोखिममा रहेका १४ घर मध्य उच्च जोखिममा रहेका ६ घर परिवारलाई टेण्ट वितरण गरिएको मेलम्ची नगरपालिकाले जनाएको छ ।
थकनीका कान्छाराम तामाङ, जितबहादुर तामाङ , रणबहादुर तामाङ, कृष्णबहादुर तामाङ, रामबहादुर तामाङ र भक्त बहादुर राउतको परिवारलाई सामाग्री उपलब्ध गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्