२०८१ भाद्र २३
                           

मेलम्ची करिडाेरमा निर्माण भएको तटबन्धमा क्षति

साउन २०- मेलम्ची नदी आसपासका बस्ती जोगाउन निर्माण भएको तटबन्धको भत्किएको छ । हेलम्बुदेखि मेलम्चीसम्मको विभिन्न ठाँउमा बाढीबाट बस्ती जोगाउन बस्ती नजिकै निर्माण भइरहेको तटबन्ध भत्किन थालेपछि स्थानीयमा त्रास बढेको छ ।
सडक डिभिज,प्रदेश सरकारको बजेटमा जिल्ला भु–तथा जलाधार संरक्षण कार्यालयले निर्माण गरेको केही तटबन्ध भत्काएपछि मेलम्ची नगरपालिका र हेलम्बु गाँउपालिका आसपासका दर्जनौं बस्ती बाढी र कटानको उच्च जोखिममा परेका छन् ।
केही दिनदेखि भइरहेको वर्षाका कारण खोलाको बहाव उच्च भएपछि तीव्र रुपमा कटान भइरहेको छ । कटानका कारण नदीको बाढी बस्तीमा पस्ने डरले स्थानीयवासी रातभर जागराम बस्दै आएका छन् । तटबन्ध तत्कालै निर्माण नगरिए ठूलो क्षति हुनसक्ने स्थानीय बासिन्दामा चिन्ता बढेको छ । वर्खाको मौसम भएकाले बाढी जतिबेला पनि आउन सक्ने भएको हुदाँ घर बस्ती चिन्ताले स्थानीयलाई सताइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्